३० आश्विन २०८३, शुक्रबार

यस्तो छ सुनको शौचालय, सर्वसाधारणले पनि प्रयोग गर्न पाउने

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold-toilet

एजेन्सी । राजा–महाराजा तथा धनाढ्यहरुको कल्पनामा रहने सुनको शौचालय सर्वसाधारणहरुका लागि समेत खुला भएको छ । न्युयोर्ककको सोलोमोन आर गुगेनहिम संग्रालयले सुनबाट बनेको शौचालय आफ्ना आगन्तुकहरुको प्रयोगको लागि खुला गरेको हो ।

उक्त शौचालय इटालीका कलाकार काटेलानले तयार पारेका हुन् । अधिकांश कलाकारले निर्माण गरेको सिर्जनालाई हातले छुन दिने चलन छैन ।

यद्यपि गुगेनहिम म्युजियमले भने आगन्तुकहरुलाई त्यसको प्रयोगसमेत गर्न दिने भएको छ । ५४ किलो सुन प्रयोग गरेर तयार पारिएको उक्त कमोटको मूल्य २६ करोड ६९ लाख रुपैयाँ पर्छ ।