काठमाडौं, १० कात्तिक । कात्तिक ३ गते दउँसो भारतीय राजदूत निवास इण्डिया हाउसको आँगनमा देखिएको रमाइलो हो यो । नेपाली पत्रकार थिए, १३ भाइ । ठ्याक्कै त्यही बेला हो, लोकमानका विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न प्रचण्ड र केपी ओलीवीच सल्लाह भएको ।
राजदूत रणजित रायले सोधे, ‘लोकमानका क्या होगा ?’ काठमाडौं पोष्टका अनिल गिरीले भने, ‘सबैको आँखा तपाईतिर छ । भारतले जे चाहन्छ, त्यही हुन्छ ।’ जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
राजदूतले भने, ‘सबै कुरामा भारतलाई जोड्न भएन । यो त नेपालको आन्तरिक मामलिा हो । नेपाल–भारतसम्बन्ध सुधार हुँदै आएको छ । अब नयाँ ढंगले जानुपर्छ । सुरक्षामा हामीलाई अलिक बढी चिन्ता हो । यहाँ शािन्त नहुँदा हामीतिर पनि असर पनि पर्छ ।’
नयाँपत्रिकाका पर्शुराम काफ्लेले भने, ‘एकातिर काश्मिरलगायत फ्रन्टलाईनमा बसेर नेपालीले भारतको सुरक्षा गरिरहेका छन् । अर्कोतिर नेपालको पहाडीभेगमा भारत विरोधी भावना बढ्दो छ । तर्पाइहरू खालि रोटीबेटीको कुरा मात्रै उरालिरहनुहुन्छ ।’
राजदूतले जवाफ दिए, ‘होइन, होइन ।’ बिल्कुल त्यस्तो होइन । अस्ति भर्खर पनि म मनाङ गएँ । भव्य स्वागत पाएँ ।’
ऋषि धमलाले भने, ‘एसा कुछ नहीँ है । भारतले राम्रो गरिरहेको छ । यहाँ भारत विरोधी कोही छैन । एसा हो हीँ सक्ता है । अफू काम नगर्ने, भारतको मात्र एकोहोरो विरोध गर्ने ? हाम्रो आन्तरिक मामिलामा भारत कहाँ इन्भल्भ छ ?’
रातो टाइ लगाएर पुगेका ऋषिलाई राजदूतले हाँस्दै धाप मारे । उनी ३५ मिनट ढिलो पुगेका थिए । परैबाट राजदूतले ‘ओ ऋषिजी, इधर आओ’भन्दै आफ्नो देब्रेतिर राखे ।















प्रतिक्रिया