काठमाडौं, १० कात्तिक । भारतले आफ्ना नागरिकलाई नेपालीसरह ‘राष्ट्रिय व्यवहार’ हुनुपर्ने भन्दै नेपाललाई पुनः दबाब दिएको छ ।
भारतीय विदेश मन्त्रालयले पन्ध्र दिनअघि परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भारतीय नागरिकलाई नेपाली नागरिकसरह ‘राष्ट्रिय व्यवहार’ गर्ने सम्वन्धमा नेपालको धारणा मागेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
परराष्ट्रका एक उच्च अधिकारीले नेपालले त्यससम्बधमा तत्काल कुनै निर्णय गर्न नसक्ने जवाफ कूटनीतिक च्यानलबाट भारत सरकारलाई दिइसकको जानकारी दिए ।
यद्दपि नेपाल र भारतबीच बिहीबार नयाँदिल्लीमा हुन लागेको एकदिने विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा उक्त एजेन्डा भारतीय पक्षले उठाउने सम्भावना रहेको ती अधिकारीले बताए ।















प्रतिक्रिया