काठमाडौं, ९ कात्तिक । भारतको विहार राज्यमा एक महिला इन्जिनियरलाई कुर्सीमा बाँधेर जिउँदै जलाइएको घटना सार्वजनिक भएको छ ।
मुजफ्फरपुरमा भएको यो भयानक घटनामा आमा कुसुम देवीले नजिकै रहेको चप्पल र लुगा देखेर आफ्नी छोरीको शवको पहिचान गरेकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार हिला इन्जिनियर सरिता देवी मनरेगामा जुनियर इन्जिनियर (जेई) थिइन् र जिल्लाको मुरेल ब्लकमा मनरेगामा कार्यरत थिइन् ।
सोमबार बिहान महिलाको घरमा सर्ट सर्किटले आगो लागेको सूचनामा स्थानीयहरु एकत्रित भएका थिए । निकै बेरसम्म घरभित्रबाट कसैको पनि आवाज नसुन्दा केही मानिसहरु घरभित्र छिरे । उनीहरुले त्यहाँ कुर्सी जेलेको देखे । कुर्सीसँगै खुट्टाको जलेको हड्डी पनि उनीहरुले देखे ।
मिडिया रिपोर्ट अनुसार, घटनास्थलमा सुसाइड नोट पनि पाइएको छ । महिलाको शरिर निकै नराम्रो सँग जलेको छ जहाँ हड्डीहरु मात्र बचेको थियो । पुलिसले शरिर जलाउनका लागि कुनै रसायनको प्रयोग हुनसक्ने आशंका जताएको छ ।
भारतीय मिडियाको दाबी अनुसार सरिताको उनका श्रीमान् विजय सिंहसँगको सम्बन्ध राम्रो थिएन । उनी अहियापुर थाना क्षेत्रको कोल्हुआ बजरंग विहार कोलोनीको एक निर्माणाधीन घरमा आफ्ना दुई छोराहरुसँगै बस्दै आएकी थिइन् । घटना भएको दिन उनका एक छोरा हजुरआमाको घरमा गएका थिए भने अर्का छोरा ध्रुव दरभंगामा पोलिटेक्निकको पढाई गरिरहेका छन् ।
एसएसपी विवेक कुमारका अनुसार घटनालाई सरसर्ती हेर्दा यो सरिताको हत्या भएको देखिन्छ । अनुसन्धानका लागि घरलाई पूर्ण रुपमा सिल गरिएको छ भने घर मालिक विजय गुप्तालाई हिरासतमा लिएर सोधपुछ गरिएको एसएसपी विवेकले बताएका छन् ।
यो घटनाले भारतमा शिक्षित परिवारबाटै महिला हिंसाको भयानक रुप बाहिरिएको टिप्पणी हुन थालेको छ ।
















प्रतिक्रिया