१ कार्तिक २०८३, आइतबार

अफगानिस्तानको गाजनीमा बीस दिनमा तीन सय सत्तरीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

54022196गाजनी (अफगानिस्तान), ९ कात्तिक । अफगानी सरकारी सुरक्षा कारबाहीमा यहाँको उत्तरी गाजनी प्रान्तमा बितेको २० दिनमा कम्तिमा ३७० जना तालिवान विद्रोही लडाकूको मृत्यु भएको प्रान्तीय प्रशासक अब्दुल करिम माटिनले सोमबार बताउनुभएको छ ।

सुरक्षा कारबाहीमा विगत २० दिनमा प्रान्तीय राजधानी गाजनी, देयक, एन्डार र गिरो क्षेत्रमा ३७० जना तालिवान लडाकू मारिएका र १४८ जना घाइते भएको माटिनले बताउनुभयो ।

कारबाहीमा उक्त समयमा ३५ सुरक्षाकर्मीले समेत सहादत प्राप्त गरेको सरकारी अधिकराीले बताएका छन् ।

तालिवान नियन्त्रित कान्दाहार काबुल राजमार्ग क्षेत्रमा सुरक्षाकर्मीलाई जान रोक लगाउने क्रममा भएका भीडन्तमा उक्त ठूलो सङ्ख्यामा हताहती हुन पुगेको सेनाले जनाएको छ ।

यससँगै उक्त क्षेत्रमा तालिवान लडाकूद्वारा राजमार्गमा गराइएका सम्पूर्ण अवरोध सफा गरी नियमित यातायात सञ्चालन गर्न पनि सुरक्षाकर्मी सफल भएको जनाएको छ । सिन्ह्वा