१९ कार्तिक २०८३, बिहिबार

लोकमानविरुद्ध संयुक्त युवा नागरिक समाज सडकमा उत्रियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

youa-khabardari

काठमाडौं, ८ कात्तिक । निलम्वित अख्तियार प्रमुख लोकमान सिंह विरुद्धको संसदमा दर्ता भएको अविश्वास प्रस्तावलाई अनुमोदनमा खवरदारी गर्ने उद्देश्यले संयुक्त युवा नागरिक समाज मञ्चले आज राजधानीमा १ घण्टे युवा खवारदारी धर्ना आयोजना गरेका छन ।

खवरदारीलाई सम्वोधन गदै वाइसिएलका अध्यक्ष आरसी शर्माले कोही पनि व्यक्ति संविधान र कानुन भन्दामाथि नहुने भएको हुनाले उनलाई कार्वाही गर्न दलहरुलाई खुटा नकमाउन आग्रह गरे । अर्को प्रसंगमा दलहरुले विगतमा जनआन्दोलनका लागि दोषीलाई नियुक्त गरी गल्ती गरे पनि अहिले सच्चाउने मौका भएको जिकिर गरे ।

त्यस्तैगरी नेकपा एमालेका सांसद रामेश्वर फुँयालले लोकमान सिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा समर्थन गर्दै लोकमानको सम्पति सार्वजनिक गर्न संसदमा आवाज उठाउने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले एमाले र एमाओवादीले छापामार शैलीमा महाअभियोगको प्रस्ताव दर्ता गरेकोमा नेपाली काँग्रेसको असन्तुष्टी भएता पनि लोकमान विरुद्धको जनमतलाई सम्मान गर्दै केहि दिनभित्रमा महाअभियोगको पक्षमा नेपाली काँग्रेसले निर्णय गर्ने बताउनुभयो ।

संविधान, कानुन, न्यायलय र जनमतलाई लोकमान सिंह कार्कीले धावा बोलेकोले उनलाई संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव अनुमोदन नहुन्जेलसम्म युवाहरुले खबरदारी गरिराख्ने अभियानका संयोजक नरेन्द्र खतिवडाले बताए ।

उक्त कार्यक्रममा चेत नारायण रसाइली, सरोज बानियाँ, सरोज दिलु विश्वकर्मा, महेन्द्र थापा, भिम लामा लगायतका सामाजिक अभियान्ताले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरुको सहभागिता थियो ।