
काठमाडौं, ८ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको विषयमा समाचार लेखेकै आधारमा राजधानी दैनिकका सम्पादक राजन शर्मा, समाचार सम्पादक गणेश वस्नेत र वरिष्ठ समाचारदाता टपेन्द्र कार्कीलाई अज्ञात फोनबाट धम्की दिइएको समाचारप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कात्तिक ७ गते साँझ राजधानी दैनिकमा फोन गरी लगातार धम्की दिइएको समाचार सम्पादक बस्नेतले जनाएको महासंघका महासचिव उजुरी मगरद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
‘अज्ञात नम्बरबाट राजधानी दैनिकको ‘ल्याण्डलाइन’मा फोन गरी पहिले सम्पादक शर्मालाई र पुनः फोन गरी प्रेस चौतारीका अध्यक्ष समेत रहेका समाचार सम्पादक बस्नेत एवं वरिष्ठ समाचारदाता कार्कीलाई ‘ज्यान प्यारो भए कार्कीको विषयमा कुनै नकारात्मक समाचार नलेख्नु’ भनी एउटै भाषा प्रयोग गरी धम्की दिइएको छ’, विज्ञप्तिमा भनिएको छ ।
महासंघ यस घट्नाको घोर भत्र्सना गर्र्दै दोषीलाई तत्काल कानुनी दायरामा लिई कारबाही अघि बढाउन तथा पत्रकार र सञ्चारमाध्यमलाई निर्भयपूर्वक काम गर्ने वातावरण बनाउन महासंघले सरकारसँग माग गरेको छ ।
त्यसैगरी, प्रेस चौतारी नेपालले पनि राजधानी दैनिकमा लोकमानको नाममा फोन गरेर धाम्काएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चौतारीका महासचिव राजेश राईले विज्ञप्ति जारी गरेर घटनाको भत्र्सना गरेका हुन् ।












प्रतिक्रिया