१२ कार्तिक २०८३, बिहिबार

टर्किस एयरको जहाज सुदूरपश्चिमले जन्माएका पाइलट बेद उप्रेतीले किन्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

turkish-airlines

काठमाडौं, ८ कात्तिक । कम्तीमा २६ अर्ब नेपाली रुपैयाँ मूल्य पर्ने टर्किस एयरलाइन्सको डिजेबल एयरक्राफ्ट नेपाली पाइलट बेद उप्रेतीले खरिद गर्ने पक्कापक्की भएको छ।

आइतबार उक्त जहाजको स्वामित्व लिएको टर्किस एयरलाइन्सको प्राविधिक कम्पनी टर्किस टेक्निकल र बेद उप्रेती ट्रष्टबीच जहाज खरिद बिक्री सम्झौता हुनेछ। मर्मत गरेर उडान गर्न नमिल्ने उक्त विमानको खरिद रकम भने दुवै पक्षले सार्वजनिक गरेका छैनन् ।

‘हामीबिच खरिद रकम केही समयकालागी सार्वजनिक नगर्ने सहमति भएको छ,’ विमान खरिद गर्ने बेद उप्रेती ट्रष्ट निकट स्रोतले भन्यो। एटीआर विमानका परीक्षक तथा प्रशिक्षक पाइलट उप्रेती डडेल्धुराका हुन्। हाल उनी इन्डोनेशियाको लायन एयरको विमान उडाउँछन्।

दुई वर्षअघि कैलालीको धनगढीमा पाइलट उप्रेतीले डेढ करोड रुपैयाँ लगानीमा स्थापना गरेको एयरक्राफ्ट म्युजिम लोकप्रिय छ। बन्द भएको नेपाली एयरलाइन्स कस्मीक एयरको १ सय १० सिट क्षमताको फोकर विमानलाई काठमाडौंबाट तीन टुक्रा बनाई लरीट्रकमा राखेर उनले स्थापना गरेको म्युजियम त्यस भेगका स्थानिय तथा भारतको उत्तर प्रदेश र उत्तराखण्डका पर्यटकहरुकालागि अनिवार्य घुम्नै पर्ने थलो बनेको छ।

यता टर्किससँग खरिद गरिने एयरबस ए–३३० विमान भने पाइलट उप्रेतीले काठमाडौं उपत्यकाभित्रै राख्ने बताएका छन्। ‘यो विमान बाहिर लैजान सकिँदैन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमै राखिने छ,’ उप्रेतीले भने।

काठमाडौंमा स्थापना गरिने म्युजियमले सर्वसाधरणलाई नेपाली उडड्यन, यस्का चुनौती र अन्तर्राष्ट्रिय उड्डयनबारे जानकारी गराउने भनेको छ। ‘विश्वमै एभिएसन सम्बन्धित जनशक्तिको कमी हुँदै गएको छ, हामीले स्थापना गर्ने म्युजियमले आउँदो पुस्तालाई यस क्षेत्रमा आर्कषित गराउन उत्प्रेरणा दिने छ,’ एटीआर ७२–६०० सिरिजको विमान उडाउँदै आएका उप्रेतीले भने।

उक्त विमानभित्र ३ सय बढी जहाजका मोडल राखिने, उडानमा रहेका पाइलट/एयरहोस्टेस आदीकालागी तालिम केन्द्र लगायतका सुविधा राखिने छन्। ट्रष्टले संग्राहलय ६ देखी ८ महिनाभित्रै स्थापना गर्ने बताउँदै कुल लगानी ५ करोड हाराहारी हुने भनेको छ।

हाल विमानस्थलमा रहेको एयरबसको लम्बाई २ सय ८ फिट, उचाइ ५५ फिट र पखेटाको चौढाई १सय ९७ फिट रहेको छ।

०७१ फागुन १९ गते साझ इस्तानबुलबाट उडेको यो विमान २० गते विहान काठमाडौं विमानस्थालमा अवतरणका क्रममा धावनमार्गबाट चौरमा धस्सिएर दुर्घटनामा परेको थियो।

नौ महिना मात्रै उडेको यो विमान काठमाडौंमा मर्मत गर्न जहाजको मूल्यको हाराहारी खर्च र कम्तीमा एक वर्ष सयम लाग्ने भएपछि टर्किसले विमान विमा गर्ने जर्मनी कम्पनीबाट बिमा दाबी रकम लिई पुन: बिमा कम्पनीबाट यो विमान लिलामी भाउमा खरिद गरेको थियो ।

कान्तिपुर दैनिकमा समाचार छ ।