बागलुङ, ७ कात्तिक । नेकपा एमाले हुग्दिशिर बागलुङको पाचौं अधिवेशनबाट प्रेम प्रसाद पौडेलको अध्यक्षतामा नयाँ गाउँ कमिटी सर्वसम्मत चयन भएको छ ।
कमिटिको उपाध्यक्षमा विष्णुबहादुर विक, सचिवमा डि.डि. शर्मा, उपसचिवमा फटिक शर्मा पौडेल तथा सदस्यहरुमा मानबहादुर खत्री, टिका खत्री, गौमती खत्री, जयराम शर्र्मा, गणेश खत्री, धनबहादुर खत्री रहनु भएको छ ।
नवनिर्वाचित कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसीले सपथ ग्रहण गराउनु भएको थियो ।
सो अवसरमा बोल्दै जिसीले एमालेले आर्थिक विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा गरेका उपलब्धीहरुलाई आम जनताकाबीचमा लैजान नवनिर्वाचित कमिटिलाई आग्रह गर्नु भयो ।
गाउँको विकासका लागि एमालेले आफ्नो गाउँ आफै बनाऔं लगायतका लोकप्रिय कार्यक्रमको अगुवाई गर्नुका साथै संविधान ल्याउन गरेको नेतृत्वदायी भूमिका र कार्यान्वयनका लागि सञ्चालन गरेका गतिविधिहरु आम जनताका बीच पु¥याउन सकेमा मात्रै जनताले एमालेलाई मुलुकको पहिलो पार्टी बनाउने उहाँको भनाइ थियो ।
कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य तथा कलष्टर संंयोजक सावित्रा राना, जिल्ला कमिटिका पूर्व सदस्य धनिश्वर पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका पूर्व सदस्य देवीदत्त पौडेल, क्षेत्र नम्बर २ का उपसचिव शन्तबहादुर गौतम, दलित सञ्जालको तर्फबाट विष्णुबहादुर विक, स्थानीय समाजसेवी फटिक शर्मा पौडेल लगायतले अधिवशेन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम एमाले जिल्ला सल्लाहकार हरिप्रसाद पौडेलको अध्यक्षता, गाउँ कमिटिका अध्यक्ष प्रेमप्रसाद पौडेलको सञ्चालन र गणेश क्षेत्रीको स्वागतमा सम्पन्न भएको थियो ।













प्रतिक्रिया