१९ कार्तिक २०८३, बिहिबार

‘स्थानीय निकाय धेरै भए धान्न गाह्रो हुन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramechhap_district– नवराज श्रेष्ठ

रामेछाप, ८ कत्तिक । रामेछापका सरोकारवाला निकायहरुले स्थानीय निकाय धेरै भए धान्न गाह्रो हुने बताएका छन् ।

उनीहरुले ठूला नेताहरुले बिभिन्न खेल खेलेर स्थानीय निकायलाई अधिकार दिन कञ्चुस्यार्इँ गरिरहेको समेत आरोप लगाएका छन् ।

नेपाल नगरपालीका संघ, गाविस राष्ट्रिय महासंघ र जिविस महासंघले सदरमुकाम मन्थलीमा आयोजना गरेको संघीय संरचना ,तहगत सरकार र स्थनीय शासन जिल्ला स्तरीय कार्यशालामा उनिहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रामेछापका सभापती लवश्री न्यौपानेले स्थानीय तथ धेरै बनाउदा आर्थिक रुपले धान्न नसक्ने बताए । उनले ठूला नेताहरुले बिभिन्न खेल खेलेर स्थानीय निकायलाई अधिकार दिन कञ्चुस्यार्इँ गरिरहेको बताए ।

त्यस्तै नेकपा एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेलले पनि स्थानीय पुनरसंरचना गर्दा थौरै बानाउनुपर्नेमा जोड दिए । उनले गाउँपालीका नगरपालीका जे बनाएपनि धेरै भएमा आर्थिक बोझ बढि हुने र धान्न नसक्ने बताए ।

कार्यक्रममा नेकपा माओवादि केन्द्र रामेछापका सहसचिव एवं पूर्वसभाषद तारानारयण श्रेष्ठले संरचना ,तहगत सरकार र स्थनीय शासन जिल्ला स्तरीय कार्यशालाले आफुहरुलाई धेरै कुरामा ज्ञान बढाएको बताए ।

उहाँले स्थानीय तह बनाउने कुरामा अझै बिबाद रहेको भन्दै अब त्यसमा बिवाद गरेर बस्ने समय नरहेको उनले बताए । मुलुकको विकास सबैको काँधमा आएकाले अब कसरी हुन्छ सबैले मिलेर स्थानीय पुनरसंरचनाको काम सफल पार्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा पुर्व सभाषद तथा जिविस राष्ट्रिय महासंघका पूर्वअध्यक्ष कृष्णप्रसाद सापकोटाले प्रादेशिक तथा स्थानीय शाासन सम्वन्धी संवैधानिक व्यवस्था र आगामि कार्यदिशाका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

उनले प्रादेशीक तथा स्थानीय शाासन सम्वन्धी संविधानमा रहेको संघिय संरचना र स्वरुप,संविधानमा संघ,प्रदेश र स्थानीय तहका अधिकार क्षेत्रका अनुसुचिहरु, राज्यका तहमा समावेशी प्रतिनिधित्व ,स्थानीय निर्वाचन प्रणाली ,प्रदेश र स्थानीय तहको मुलभूत अधिकारहरु लगाएतका बारेमा सहभागहिरुलाई जानकारी दिनुभएको थियो ।