१२ कार्तिक २०८३, बिहिबार

पूर्वराजा ज्ञानेन्द्रले निहुँ खोजे नागार्जुनबाटै हटाउने रक्षामन्त्रीको चेतावनी

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

balkrishna-khad-5809acfcb1d9d5-00592014

इलाम, ६ असोज । रक्षामन्त्री बालकृष्ण खाँडले पूर्वराजा ज्ञानेन्द्र शाहको सकृयता बढेको प्रति संकेत गर्दै पुर्वराजाले निहुँखोजे नागार्जुनबाट पनि हटाउने चेतावनी दिएका छन्।

नेपाल तरुण दल इलामले आयोजना गरेको संविधानको कार्यान्वायनमा युवाको भुमिका विषयक अन्तक्र्रियालाई सम्बोधन गर्न आएका उनले पुर्व राजा लेखेर राजाको हैसियतमा काम गर्न खोजेको भन्दै सो चेतावनी दिएका हुन्।

उनले माथि पूर्वलेखेर तल श्री ५ लेख्न थालेको भन्दै सो काम घोर आपत्तिजनक भएको बताए। उनले भने, ‘कुनामा पुर्याएको मान्छेले आफ्नै स्थानमा बस्नुपर्दछ।’

उनले एमालेको किचलोकाकारण संविधान कार्यान्वयन हुन नसकेको आरोप लगाए। उनले हिजो पनि संविधान कार्यान्वायन हुन सहयोग नगरेको र अहिले पनि किचलो निकालेको आरोप लगाए।

उनले तरण दलको अधिवेसनविधान र विधिअनुसार तोकिएकै मितिमै हुने बताए ।

अन्नपूर्ण पोष्टमा समाचार छ ।