
– नरेश केसी
भैरहवा, ७ कात्तिक । नेकपा एमाले रुपन्देहीको जारी आठौ अधिवेशन अन्तर्गत आजदेखी बन्दसत्र शुरु भएको छ । भैरहवाको महेन्द्र सभागृहमा भइरहको बन्दसत्र अन्तगर नयां नेतृत्वको लागि निर्वाचन प्रक्रिया पनि शुरु भएको छ । निर्वाचन प्रक्रिया अनुसार ७५ सदस्यीय जिल्ला कमिटीको लागि २ सय २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव सहित विभिन्न सदस्य पदको लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
एक पद अध्यक्षको लागि शिवराज सुवेदी र पुरुषात्तम घिमिरेले उम्मेदवारी दिएका छन् । एक पद उपाध्यक्षको लागि तुलसीप्रसाद चौधरी र राजु गुरुंगले उम्मेदवारी दिएका छन् । एक पद सचिवकोलागी राजेन्द्र प्रसाद पन्थी, बासुदेव घिमिरे, तेजेन्द्र केसी र सुरेन्द्र बर्माले उम्मेदवारी दिएका छन् । यसैगरी एक पद उपसचिबकोलागी गोपाल राना, जायश्वरी चौधरी र विमला पन्थिले उम्मेदवारी दिएका छन् । यसैगरी २ पद विशेष क्षेत्रमा ४ जनाले, ८ पद खुल्लामा २५ जनाले,५ पद महिला पुर्ण सदस्यमा १० जनाले, ५ पद जनजाति आदीवासी सदस्यमा १५ जनाले, २ पद महिला बैकल्पीक सदस्यमा ५ जनाले, २ पद दलित सदस्यमा १३ जनाले उम्मेदवारी दिएका छन् । यसैगरी भूगोल खूल्ला, समावेसी तथा अन्य आरक्षीत कोटामा गरी २ सय २१ जनाले उम्मेदवारी दिएको निर्वाचन कमिटीका सदस्य नारयण प्रसाद भण्डारीले जानकारी दिए ।
पार्टी केन्द्रमा गुट उपगुटलाई पुर्णतया निषेध गर्ने गरी तल्लो तह सम्म सुर्कलर गरेको एमालेको रुपन्देहीमा भने त्यसको अक्षरशः पालना नहुने देखिएको छ । एमाले रुपन्देहीमा अघोषित रुपमा उम्मेदवारहरु दुई कित्तामा उभिएका छन । । पार्टीका उपमहासचिवद्धय विष्णु पौडेल र घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीमा उनीहरु निकट मानिएका नेताहरु प्रतिष्पर्धिको रुपमा मैदानमा उत्रिदैछन । खुलेर प्यानल बनाएर उम्मेदवारी नदिए पनि प्रतिनिधीबीच मत माग्ने क्रममा गोप्य रुपमा प्यानललाई नै माग्ने गरेको प्रतिनिधीले बताएका छन् ।
आसन्न आठौँ अधिवेशनमा उपमहासचिव विष्णु पौडेल निकट मानिएका शिवराज सुवेदी अध्यक्ष पदको उम्मेदवार छन । अघिल्लो अधिवेशनमा समेत अध्यक्षमा दाबी गरेका उनि तत्कालिन समयमा नेतृत्वको दबाबकोबीच उपाध्यक्षमा चित्त बुझाउन बाध्य बनेका थिए । त्यस्तै उनकै पक्षबाट उपाध्यक्षमा तुलसी चौधरी, सचिवमा राजेन्द्र प्रसाद पन्थि, सुरेन्द्र वर्मा, तेजेन्द्र के.सीले उम्मेदवारी दिएका छन् । यसैगरी उपसचिवमा गोपाल राना र विमला पन्थिले उम्मेदवारी दिएका छन् । यद्यपी खुलेरै प्यानल निर्माण भने दुबै पक्षले गरेका छैनन । यही समुहबाट सचिवको आकंक्षीमा रहेका हितराज पन्थीले भने खुल्ला सदस्यमा उम्मेदवारी दिएका छन् । यो समुहलाई विजयी गराउन पार्टीका केन्द्रिय सदस्य खिमलाल भट्टराई सहितको टिम आन्तिरक रुपमा लागेका बुझिएको छ ।
त्यस्तै उपमहासचिव घनश्याम भुसाल निकट मानिएका पुरोषत्तम घिमिरे अध्यक्षका प्रतिष्पर्धी हुन । घिमिरे लामो समयदेखी पार्टिमा क्रियासील सरल र इमान्दार नेता मानिन्छन् । यो समुहबाट राजु गुरुङ्ग उपाध्यक्षमा, सचिवमा बासुदेव घिमिरे र उपसचिवमा जायेश्वरी चौधरीले उम्मेदवारी दिएका छन् । यही समुहबाट सचिवको आंकक्षीमा सिद्धीचरण भट्टराई भने खुल्ला सदस्यमा उम्मेदवारी दिएका छन् । उक्त प्यानलको टिमलाई विजयी गराउन पार्टीका बर्तमान अध्यक्ष भोजप्रसाद श्रेष्ठ सहितको टिम आन्तिरक रुपमा लागेको बुझिएको छ । यद्यपी अध्यक्ष श्रेष्ठ दुबैजना चुनावी मैदानमा उत्रीयर विवाद सृजना गरेमा आफु पुनः नेतृत्व दोहराउन चाहेको बुझिएको छ ।
अर्कोतर्फ शिवराज सुवेदी अध्यक्ष, तुलसी प्रसाद चौधरी उपाध्यक्ष, पुरुषोत्तम घिमिरे सचिव र राजु गुरुंग उपसचिव बनाएर सर्वसम्मत नेतृत्व चयन गर्ने विकल्प पनि नेतृत्वले खोज्दै आएको छ । तर घिमिरेले सचिवमा नमान्ने र चौधरी सचिब दोहराउन नचाहेको कारण पनि समस्या सृजना भएको देखिएको छ । गुरुंग ७ औ अधिवेसनमा उपसचिबमा उम्मेदवारी दिएता पनि नेतृत्वले ब्याक गराएको थियो । यसकारण गुरुंगलाई अहिले कुनैपनि हालतमा पदाधिकारीमा नल्याईनहुने बाध्यता नेतृत्वको कांधमा छ ।
प्रतिनिधीहरुको अपेक्षालाई विशेलेषण गर्नुभन्दा एमालेलेमा अन्ततः पदाधिकारी छनोटमा जनवादी केन्द्रियता लादिने विगतको परम्पराले धेरैमा आशंका सृजना गरेको छ । उपमहासचिद्वयको अतिरीक्त नेतृत्वमा कसलाई पुराउने कसलाई पछार्ने भन्ने सबालमा अन्य नेताहरुको प्रभाव पनि उत्तिकै महत्वपुर्ण देखिनेछ । जम्मा प्रतिनिधी संख्या १ सय १२ रहेको क्षेत्र नम्बर १ मा पार्टि पोलिट ब्युरो सदस्य छविलाल विश्वकर्माको भूमिका अहं हुनेछ । उनी सहित सोही क्षेत्रका नेताहरु निलकन्ठ खनाल, डा. कृष्ण न्यौपाने, शैलेन्द्र उपाध्यय र कविराम अर्यालले सो क्षेत्रका मतलाई प्रभाव पार्दछन् । यसैगरी १ सय २६ प्रतिनिधी संख्या रहेको क्षेत्र नम्बर २ मा भरत कुमार पोखरेल, पुस्पान्जली उपाध्यय र आदीत्यनारायण कसौधनको भूमिका प्रमुख हुनेछ । उनीहरु सहित डा. रामप्रसाद बस्याल, कृष्ण नेपाल, बालकृष्ण भट्टराई , प्रा.डा. कपील लामिछानेको भूमिका अगाडी देखिनेछ ।
१ सय ८१ जना प्रतिनिधी संख्या रहेको क्षेत्र नम्बर ३ मा पार्टिका उपमहासचिव घनश्याम भुसाल, केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीको भूमिका प्रमुख देखिनेछ । उनीहरु सहित केशबराज न्यौपाने र बाबुराम अर्यालको भूमिका पनि सो क्षेत्रमा उत्तिकै देखिनेछ । ३ सय प्रतिनिधी संख्या रहेको क्षेत्र नम्बर ४ मा उपमहासचिब विष्णु पौडेल, नेत्र पन्थि, भोज प्रसाद श्रेष्ठको भूमिका प्रमुख हुनेछ भने १ सय ६ जना प्रतिनिधी रहेको क्षेत्र नम्बर ५ मा केन्द्रिय सदस्य खिमलाल भट्टराइ, भूमिश्वर ढकाल र मिनप्रसाद घिमिरेको भूमिका देखिनेछ । २७ जना प्रतिनिधी संख्या रहेको क्षेत्र नम्बर ६ जना बाबुलाल यादव, विन्ध्याचल यादव र साधुशरण साहनीको भूमिका देखिन्छ भने सो क्षेत्रमा आदीत्य कसौधनको पनि भूमिका देखिन्छ । क्षेत्र नम्बर ७ जहां प्रतिनिधी संख्या २५ जना मात्रै छ त्यहां रामचन्द्र यादव, विरेन्द्र मिश्राको भूमिका अगाडी देखिएको छ ।
उम्मेदवारमा पत्रकारदेखि विद्यार्थी सम्म
एमाले रुपन्देही जिल्ला सदस्यकोलागी वर्तमान जिल्ला सदस्यका अतिरीक्त नयाँ सदस्यमा सशक्क्त उम्मेदवारको रुपमा पत्रकार मोहन चापागाई देखिएका छन् । उनी प्रेस चौतरी नेपालका पुर्व केन्द्रिय उपाध्यक्ष हुन भने सामुदायिक रेडियोहरुको छाता संगठन अकोराबको हाल अध्यक्ष छन् । विद्यार्थी राजनितीबाट राजनितिक यात्रा सुरु गरेका उनी पार्टीका विभिन्न कमिटीमा कार्य गरि अर्थमन्त्रालयमा सुचना तथा संचार विज्ञका रुपमा समेत काम गरिसकेका छन् ।
यसैगरी सदस्यको लागि पत्रकार यम राना (प्रेस चौतरीका केन्द्रिय सदस्य), पत्रकार राजकुमार धवल – पत्रकार महासंघ रुपन्देहीका पुर्व कार्यसमिती सदस्य) , उमा काफ्ले (अनेमसंघ जिल्ला अध्यक्ष तथा एमाले पुर्व नगर अध्यक्ष), सरिता श्रीस (युवा संघ केन्द्रिय सदस्य तथा पुुर्व जिल्ला अध्यक्ष ), बाबुराम पन्थी (अनेरास्ववियु पुर्व सचिवालय सदस्य तथा पुर्व स्ववियु सभापति), रमेश प्रसाद नेपाल ( एमाले जिल्ला क्षेत्र नं. ४ अध्यक्ष) उम्मेदवारी दिएका छन् ।
त्यस्तै धुव्र आचार्य (युथ फोर्स केन्द्रिय उपप्रमुख तथा मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रिय उपाध्यक्ष) इन्द्रजीत यादव (एमाले क्षेत्र नम्बर २ उपाध्यक्ष), उमा अधिकारी (अनेरास्ववियु पुर्व केन्द्रिय सदस्य), गोपाल खनाल (पुर्व स्ववियु सभापति) , धर्मराज गिरी (मदन भण्डारी स्र्पोटस एकाडेमी रुपन्देही संस्थापक उपाध्यक्ष) , लक्ष्मी थापा (युवा संघ नेतृ), सुनिल श्रेष्ठ (औषधी व्यवसायी संघका केन्द्रिय सचिव), एजाज आलम (रुपन्देही उद्योग संघको पुर्व अध्यक्ष) संकर पहारी, डिजाइन थापा, यज्ञमूर्ति भण्डारी, निरबहादुर खड्का (युवासंघका पुर्व नेता), दिनेश फुल्लेल (भलाई कोषका महासचिव), नारायण भट्टराई, अमित अधिकारी, थानकुमारी थापा, रामप्रसाद रेग्मी लगायत २ सय २१ जनाले उम्मेदवारी दिएका छन् ।












प्रतिक्रिया