१ कार्तिक २०८३, आइतबार

चीनलाई विश्वमै शक्तिशाली बनाउन कस्सिए सी जिनपिङ

19.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Xi-jinping

काठमाडौं, ७ कात्तिक । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई विश्वमै शक्तिशाली बनाउने योजना बनाउनमा आफू लागिपरेको बताएका छन् ।

चीनको बेइजिङमा हुन लागेको चिनियाँ कम्युनिष्ट पार्टीको बैठकको पूर्वसन्ध्यामा पार्टीका अध्यक्ष एवं राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टीलाई मेरुदण्डका रुपमा विकास गरेर विश्वमा आर्थिक छलाङ मार्ने चिनियाँ जनताको सपना रहेको भन्दै त्यसलाई पूरा गर्ने आफ्नो जिम्मेवारी रहेको बताएका हुन् ।

भ्रष्टाचारविरुद्ध कठोर रहँदै आएका सीले आफू जनताको भ्रष्टाचार विरुद्ध शुन्य शहनशीलताको अडानमा अझ दृढ बन्ने बताए । ‘म अहिले जुन पद, प्रतिष्ठ र शक्तिमा छु, त्यो चिनियाँ जनता र चिनियाँ कम्प्युनिष्ट पार्टीको देन हो’, उनले भनेका छन्, ‘त्यसैले पार्टी र चिनियाँ जनताको शून्य सहनशीलता अपनाउने जुन सोच र सपना छ, त्यसलाई पुरा गर्नका लागि म प्रतिबद्व छु ।’ साथै उनले बैठकमा आउने चार सय भन्दा बढी उच्च नेतालाई पनि यही अवधारणाअनुरुप अघि बढ्न आह्वान गरेका छन् ।

सोमबारदेखि सुरु हुन लागेको चिनियाँ कम्युनिष्ट पार्टीको बैठकले विश्व आर्थिक क्रान्तिमा इतिहासकै नयाँ लहर ल्याउने योजना बनाइएको बताइएको छ । उक्त बैठकमा खास गरेर पार्टीको आर्थिक पारदर्शिता तथा पार्टी नेता र कार्यकर्ताको अनुशासन र आचरणका बारेमा छलफल हुने बताइएको छ ।

बेइजिङ विश्वविद्यालयका प्राध्यापक माओ सोलुङले शून्य सहनशीलताको रणनीति र देशको आर्थिक वृद्धिदर अन्य राष्ट्रपतिको भन्दा सीको पालामा बढेको भन्दै उनले ‘शून्य शहनशीलता र देशको आर्थिक वृद्धिदर अरु राष्ट्रपतिको कार्यकाल भन्दा जिनपिङको कार्यकालमा निकै सफल रहेको मान्न सकिने बताएका छन् ।

यो बैठकले चिनियाँ आर्थिक नीतिलाई बढावा गर्ने, चीनलाई आर्थिकरुपमा माथि उठाउने शून्य शहनशीलता लागू गर्ने, पार्टीका नेता कार्यकर्तालाई अनिवार्य रुपमा उत्पादनसँग जोड्ने र पार्टीको यही नीतिलाई सम्पूर्ण देशको उत्पादनको आर्थिक वृद्धिसँग जोडेर पूर्णरुपमा लागु गर्ने योजना रहेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।