काठमाडौं, ७ कात्तिक । नेपाली सेनाका दुई सहायक रथी उपरथीमा पदमा बढुवा भएका छन् ।
कात्तिक ५ गते बसेको मन्त्रिपरिषद् बैठकले श्री कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी गौरव तण्डुल र श्री व्यवस्था, नीति तथा योजना निर्देशनालय, बलाधिकृत विभाग (व्य.यु.) का निर्देशक सहायक रथी प्रभुराम शर्मालाई उपरथी दर्जामा बढुवा गरेको हो ।
बढुवा भएकामध्ये प्रभुराम शर्माले आइतबार जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह पाएका छन् ।
त्यसैगरी उपरथी पदमा बढुवा भएका सहायक रथी गौरव तण्डुल हाल अमेरिकामा कार्यरत रहेकाले दर्ज्यानी चिन्ह पछि दिइने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।













प्रतिक्रिया