काठमाडौं, ७ कात्तिक । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल मंगलबार न्युजिल्याण्ड जानुहुने भएको छ ।
प्रवासी नेपाली मन्च न्यूजिल्याण्डको सम्मेलनमा भाग लिन महासचिव पोखरेल न्यूजिल्याण्ड जाने कार्यक्रम तय भएको हो ।
सम्मेलनमा विशेष अतिथि पूर्वपर्यटनमन्त्री आनन्द पोखरेल र अतिथि प्रवासी नेपाली मन्च अष्ट्रेलियाका निवर्तमान अध्यक्ष विनोद श्रेष्ठ रहनुभएको छ ।
न्युजिल्याण्डको टाउरङ्गामा रहेको पापामोवा कम्युनिटी सेन्टरमा आयोजना हुने सम्मेलनको उद्घाटन एमाले महासचिव पोखरेलले गर्ने कार्यक्रम रहेको आयोजक प्रवासी नेपाली मञ्च न्युजिल्याण्डका संयोजक आत्माराम खनालले जानकारी दिनुभयो ।













प्रतिक्रिया