१९ कार्तिक २०८३, बिहिबार

भन्सार छली लैजान लागेको सुनसहित पक्राउ

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau3काठमाडौँ, ७ कात्तिक । नेपाल एयरलाईन्सको उडान नम्वर आरए ४१० द्धारा हङकङबाट काठमाडौँ आएका रुपन्देही करहिया–२ घर भएका बीरबहादुर थापालाई प्रहरीले अवैध रुपमा भंसार छली लैजान लागेको १ सय ३ ग्राम सुन सहित पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन प्रिपेड ट्याक्सी काउण्टर अगाडी प्रहरी चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा शनिबार निजले सिक्री र औठी बनाई ल्याएको अवस्थामा उक्त सुन बरामद भएको थियो ।

प्रहरीले निजलाई बरामद सुनसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाएको छ ।