१९ कार्तिक २०८३, बिहिबार

नवलपरासीमा प्रशिक्षण दिइरहेका सीके राउतका २२ कार्यकर्ता पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau3– रबिन्द्र यादव

नवलपरासी, ७ कात्तिक । पृथकतावादी सीके राउतका कार्यकर्तालाई नवलपरासी प्रहरीले प्रशिक्षण दिइरहेको अवस्थामा होटलबाट नियन्त्रणमा लिएको छ ।

आइतबार विहान स्वतन्त्र मधेस अभियानको नाममा आफ्नो कार्यकर्ताहरुलाई प्रशिक्षण दिइरहेको अवस्थामा नवलपरासीको रामग्राम–३ स्थित रोयल होटलबाट बिहान ९ बजे सीके राउतका २२ कार्यकर्तालाई नियन्त्रणमा लिएको नवलपरासी प्रहरी प्रमुख एसपी राजेन्द्र चौधरीले बताए ।

पक्राउ पर्नेहरुमा स्वतन्त्र मधेस अभियान नवलपरासीका संयोजक मदन यादव, उपाध्यक्ष बाल गोविन्द चौधरी, स्वतन्त्र मधेस अभियान रुपन्देहीका संयोजक भुपेन्द्र यादव, दिपक शाह, कन्हैया राजभर, दिलिप यादव, रुदल हरिजन, ओमप्रकाश पासी गरि २२ जना कार्यकर्ता रहेका छन् ।

एसपी चौधरीका अनुसार देश विखण्डन गर्ने उद्देश्यसहित पम्पलेट बाढिरहेको र प्रशिक्षण दिइरहेको जानकारी पाएपछि त्यस होटलमा प्रहरी टोली पुग्दा भाग्न खोजेपछि सीकेका कार्यकर्तालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुमाथि जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखेर छानविन भइरहेको प्रहरीले जानकारी दिएको छ ।