१९ कार्तिक २०८३, बिहिबार

रोल्पामा बन्दुकका व्यापारीसहित दुई पक्राउ, एक फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bharuwa-bandukरोल्पा, ७ कात्तिक । रोल्पामा प्रहरीले बन्दुक व्यापारीसहित दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार प्रहरी चौकी सिउरीबाट खटिएको प्रहरी टोलीले सिउरी–१ साखिना बस्ने २२ बर्षीय दुजमान घर्तीलाई प्रहरीले बट नभएको १ नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो । उक्त बन्दुक बेच्ने सोही ठाउँ बस्ने जोखबहादुर घर्तीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी प्रहरीले सिउरी–८ ओमा बस्ने ४५ बर्षीय दलबहादुर बुढाको गोठबाट अदाजी २ सय मिटर पर जंगलको खोल्सामा गाडेको अवस्थामा १ थान भरुवा बन्दुक बरामद गरेको छ ।

उक्त स्थानमा बन्दुक गाडेर राख्ने दल बहादुर बुढा फरार रहेकोले प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।