१९ कार्तिक २०८३, बिहिबार

अप्ठेरो भएपछि संस्कृतिमन्त्री शाहीले विज्ञप्ति निकाल्नु पर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jiwanbahadur-shahi-2काठमाडौं, ७ कात्तिक । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयान मन्त्री जीवन बहादुर शाहीको नाम जोडेर केही मिडियामा आएको झुठ, निराधार, कपोकल्पित र चरित्रहत्या गर्ने उदेश्यले लेखिएको समाचारप्रति गम्भिर आपत्ति जनाउँदै ध्यानाकर्षण भएको सचिवालयले बताएको छ ।

मन्त्री शाहीको नाम जोडी केहिँ मिडियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको सशस्त्र प्रहरी बलको क्याम्प रहेको जग्गा कुनै अमुक व्यक्तिलाई लिजमा दिएर आर्थिक फाइदा लिएको भनेर समाचार प्रकाशित भएको प्रति मन्त्री शाहीको सचिवालयले ध्यानाकर्ष भएको जनाएको हो ।

समाचारमा भनिए जस्तो उक्त जग्गा लिजमा दिने कुनै पनि फायल मन्त्रालयमा आएको र त्यस विषया कहिँ कतै छलफल नै नभएको विषयमा मन्त्रीको नाम जोडेर समाचार आएपछि उक्त कुराको खण्डन गर्न बाध्य हुनु परेको समेत सचिवालयले बताएको छ ।

समाचारमा हुँदै नभएको कुरा जोडेर मन्त्रीको बद्नाम गर्न खोजेकोले मन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै आपत्ति प्रकट गरेको छ ।

समाचारमा उल्लेखित असोज ९ गते विहान साढे ५ बजे मन्त्री शाही आफ्नो सम्पूर्ण टोली सहित क्यानाडामा हुन गइरहेको अन्तर्राष्ट्रिय नागरिक उड्डयान संगठनको (आईकाओ) महासभामा भाग लिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको र विमानस्थलको आकस्मिक निरिक्षण गरी साढे ७ बजेको टर्किस एअरवेजको फ्लाइटबाट क्यानाडा प्रस्थान गरेको समेत सचिवालयले स्पष्ट पारेको छ ।

मन्त्री शाहीको लोकप्रियताप्रति जलन भएकाहरुको नियोजित योजनामा प्रकाशित भएका यस्ता समाचारलाई पुष्टि गर्न समेत सचिवालयले चुनौती दिएको छ ।

यस्ता आधारहिन समाचारले मिडिया हाउस र पत्रकारिताको मर्म र भावना माथिनै आघात पुग्नेमा सचेत हुन समेत आग्रह गरेको छ ।

पत्रकारिता पेशालाई मर्यादित र सत्य तथ्यमा आधारित समाचार प्रकाशन गर्न समेत ध्यानाकर्षण गराएको छ ।