१ कार्तिक २०८३, आइतबार

इजिप्टका उच्च सैनिक अधिकारीको गोली हानी हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gunकायरो (इजिप्ट), ७ कात्तिक । इजिप्टको उत्तरी क्षेत्र सिनाइएमा कार्यरत उच्च सैनिक अधिकारीलाई उहाँको घर नजिकै कायरोमा शनिबार गोली हानी हत्या गरिएको इजिप्टको राज्य सञ्चालित अहराम पत्रिकाले जनाएको छ ।

इजिप्टको तनावग्रस्त सिनाइ प्रान्तमा सशस्त्र विभागको नेतृत्व सम्हाल्दै आएका ब्रिगेडियर जनरल अदेल रजाइलाई शनिबार बिहानै उहाँकै घर अगाडि गोली हानी हत्या गरिएको थियो ।

घटनामा रजाइका ड्राइभरलाई समेत हत्या गरिएको छ भने उहाँका अङ्गरक्षक गम्भीर घाइते हुनुभएको छ ।

रजाइका श्रीमतीका अनुसार तीन जना आक्रमणकारी घर अगाडि गाडीमा लुकेर बसेका र रजाइ घरबाट निस्किँदा साथ आक्रमण गरेको बताउनुभयो । आक्रमणको तत्कालै कुनै समूहले जिम्मेवारी लिएको छैन । – एएफपी