१९ कार्तिक २०८३, बिहिबार

लोकमानबारे एमालेले गर्यो नयाँ खुलासा!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1465736181Lokmanचितवन, ६ कात्तिक । नेकपा (एमाले)की उपाध्यक्ष तथा प्रदेश नं ३ को संयोजक अष्टलक्ष्मी शाक्यले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को सहमतिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको खुलासा गर्नुभएको छ ।

नेकपा (एमाले) चितवनको नवौँ जिल्ला अधिवेशनको आज पूर्वी चितवनको रत्ननगरमा उद्घाटन गर्दै उहाँले सबैको सल्लाहमा प्रस्ताव दर्ता गरेकाले काँग्रेस र माओवादी केन्द्र यसबाट पछि हट्न नपाउने बताउनुभयो ।

नेपाली कांग्रेसका नेताहरुले पार्टीले आधिकारिक निर्णय गरिनसकेको र छलफल गरिरहेको बताइरहेका बेला एमाले नेतृ शाक्यले यस्तो खुलासा गर्नुहुँदै नेपालमा कुनै पनि निरकुंश व्यवस्था लागू हुन नसक्ने बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउनुभयो । बाह्य शक्तिको आडमा संविधान संशोधन हुनै नसक्ने उपाध्यक्ष शाक्यको भनाइ छ ।

कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एमालेको नेतृत्वमा मात्र देशको समृद्धि सम्भव भएको बताउनुभयो ।

भोलिसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । जसका लागि वर्तमान अध्यक्ष जगन्नाथ थपलिया र उपाध्यक्ष एवम् सांसद कृष्णभक्त पोख्रेलको समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।