बाजुरा, ६ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय सदस्य बद्री प्रसाद पाण्डेले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई बचाउने पक्षमा नरहेको बताएका छन् । लोकतन्त्र र विधिको शासन विरोधी जो कोहीलाई पनि संरक्षण गर्न काँग्रेस तयार छैन्, पाण्डेले भने ।
नेपाल साँस्कृतिक संघको दोस्रो जिल्ला अधिवेशनलाई संबोधन गर्दै पाण्डेले सो कुरा बताएका हुन् । सांसद समेत रहेका पाण्डेले महा अभियोग ल्याउने विषयमा एमालेले कांग्रेससँग कुनै औपारिक अनौपचारिक छलफल र कुराकानी नगरी एकाएक नाटकीय पाराबाट अभियोग पत्र पेश गरेको बताए ।
कांग्रेस एमालेको जस्तो छलकपट र गद्दारी गर्ने पक्षमा छैन्, कांग्रेसलाई त्यस्तो गर्न पनि सुहाउँदैन्, तरपनि अधिकारको दायरा नाघेका लोकमानलाई पदमा राखिराख्न नहुने बताए ।
लोकमान सत् पात्र होइनन्, उनको चरित्र ठिक छैन्, नियुक्तीकै समयमा विवादीत थिए, त्यसैले उनको विदाई नै उपर्युक्त विकल्प हो, पाण्डेले भने । नेकपा एमाले प्रति लक्षित गर्दै पाण्डेले कांग्रेस निषेध र छल कपटको राजनीतिमा नलाग्ने स्पष्ट पारे ।
केन्द्रीय कमिटीको बैठक चलिरहेको छ, कुन नेताले के भन्यो त्यो प्रचार बाजी मात्र हो कांग्रेस एक ढिक्का भएर गतल प्रवृति र संस्कारको विरुद्धमा उभिने बताए । उनको चैतमा स्थानीय निकायको निर्वाचन गर्ने पक्ष बताए ।
प्रमुख राजनीतिक पार्टीहरुको पहिलो काम संविधान कार्यान्वन गर्नु हो, त्यसका लागि तीन तहको निर्वाचन हुनै पर्छ, हामीसँग पर्याप्त समय छैन्, चैत्रमा स्थानीय र अर्को वर्षको मंसिरमा प्रदेश र केन्द्र दुई तहको निर्वाचन गर्ने मोटामोटी खाका बनिसकेको बताए ।
केपी ओली नेतृत्वको सरकारले संविधान कार्यान्वयनमा ध्यान नदिई झनै हिमाल पहाड बीचको तिक्तता र मधेसीको अपमान गर्न थालेपनि कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेल्न खोज्दा सरकार ढलेको बताए ।
प्रचण्डलाई भारतको दलाल भन्नु गलत व्याख्या मात्र हो, एमालेको असन्तुलित अभिव्यक्तिकै कारण देशले निकाश पाउन नसकेको आरोप लगाए ।












प्रतिक्रिया