१९ कार्तिक २०८३, बिहिबार

‘एमाले देशकै ठूलो र आमजनताको रोजाईको पार्टी बन्छ’

6.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cpn-uml-rupandhei-8th-conventional-8– नरेश के.सी.

भैरहवा, ६ कात्तिक । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको आठौ अधिवेशन शनिबार भैरहवामा उद्घाटन भएको छ ।

उद्घाटन सत्रमा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतम, उपमहासचिवद्वय घनश्याम भुसाल र विष्णु प्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली, पोलिट ब्युरो सदस्य छविलाल विश्वकर्मा, लुम्बिनी अन्चल इन्चार्ज बैजनाथ चौधरी, केन्द्रीय सदस्य राधा ज्ञवाली, रुपन्देही इन्चार्ज लीला गिरी लगायतका नेताहरुले सम्बोधन गरेका छन् । उनीहरूले एमाले देशकै ठूलो र आमजनताको रोजाईको पार्टी बन्ने बताएका छन् ।

जिल्ला अध्यक्ष भोज प्रसाद श्रेष्ठको अध्यक्षता, सचिव तुलसी प्रसाद चौधरीको सन्चालन एवं उपाध्यक्ष शिवराज सुवेदीको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा जेष्ठ कम्युनिष्टहरु, भूकम्पीय स्वयंसेवकहरु तथा भवन निर्माण समितिलाई सम्मान गरिएको थियो ।

उत्कृष्ट काम गर्ने मुक्ति समाज र प्रचार विभाग तथा ७ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर ३ र ४ लाई पनि सम्मान गरिएको थियो ।

शनिबारको उद्घाटन सत्र प्रशिक्षणमूलक जस्तो देखिएको छ । महेन्द्रसभा गृहको हलमा खचाखच भरिएका पार्टी नेताहरुले स्पष्ट निर्देशन दिदैं अधिवेसनले योग्य र कर्मठ नेतृत्व चयन गर्नेमा विश्वास मात्रै व्यक्त गरेनन उनीहरुले पार्टीको आगमी कार्यदिसा र राष्ट्रिय राजनीतिको बारेमा पनि दिनभर प्रशिक्षित गरे ।

आइतबार र सोमबार एमाले रुपन्देहीको बन्द सत्र चल्नेछ । बन्दसत्रमा ८ सय ७७ जना प्रतिनिधीले भाग लिनेछन् । सोही अधिवेसनले एमालेको नयां नेतृत्व समेत चयन गर्नेछ ।