काठमाडौं, ६ कात्तिक । हिन्दू युवा जनशक्ति संघ नेपालका अध्यक्ष विकास ठाकुरले लोकमान सिंह कार्कीलाई महाअभियोग लगाएर कारबाही गरिए त्यसको नोक्सानी माओवादी केन्द्र र कांग्रेसले भोग्नु पर्ने बताएका छन् ।
दैनिक नेपालसँग कुरागर्दै अध्यक्ष ठाकुरले भने, ‘यदि प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेसले आफ्नो अस्तित्व कायम राख्न चाहन्छन् भने लोकमान सिंह कार्कीलाई कारबाही गर्नु हुँदैन ।’ लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु अघि अदालतको निर्णयलाई कांग्रेस र माओवादीले पर्खनु पर्ने अध्यक्ष ठाकुरको भनाइ छ ।
लोकमान सिंह कार्कीलाई निरंकुश भन्नेहरू आज स्वयं निरंकुश बन्दै गएको बताएका अध्यक्ष ठाकुरले भने, ‘लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखम नियुक्त गरियो । अहिले मन परेन भन्दैमा निरंकुश शैलीमा कारबाही गर्न लागिएको छ । यो सरासर अन्याय हो ।’
लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगमा जनसर्मथन बढी रहेका बेला संघका अध्यक्ष ठाकुर भने उनको पक्षमा वकालत गर्दै आएका छन् ।












प्रतिक्रिया