१९ कार्तिक २०८३, बिहिबार

पानीको अभाव हुँदा भूकम्पपीडितलाई घर बनाउन समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pani– नवराज श्रेष्ठ

रामेछाप, ६ कात्तिक । रामेछापका भूकम्पपीडितहरुलाई सरकारले स्थाई आवास निर्माणको लागि पहिलो किस्ता वापतको रकम उपलब्ध गराएपछि घर बनाउने सामाग्री जुटाउने चटारो परेको छ ।

घर बनाउनको लागि आवश्यक काठपातको जोहो गर्न समस्या परेका भूकम्पपीडितहरुलको लागि अर्काे ठूलो समस्या घरबनाउन चाहिने माटो मुछ्ने पानीको परेको छ ।

जिल्लाका सुख्खाग्रस्त गाविसका भूकम्पपीडितहरुलाई पानी नै नभएपछि घर बनाउनै नसकिने हो कि भन्ने चिन्ताले सताउन लागेको छ । खाने पानीको समेत हाहाकार भएको अवस्थामा घर बनाउने पानी जोहो गर्न निक्कै समस्या हुने पकरबास गाविसको सान्नेका भक्तबहादुर कार्कीले बताए ।

पानी खानको लागि पनि कोसीको पानी ट्याक्टर लगाएर ड्रममा बोकाउने गरेको उनले बताए ।

अहिले एक लिटर पानीलाई डेढ रुपैयाँ तिर्नु पर्ने उनले बताए । वर्षा याममा वर्षाको पानी संकलन गरेर बनायो भने मात्र नत्र हिउँदमा घर बनाउन नसकिने उनले बताए ।

रामेछाप जिल्लाका सुनकोसी, तामाकोसी र लिखु किनारका साविकका २५ वटा भन्दा बढी गाविसको अवस्था यस्तै छ ।

हालको मन्थली नगरपालिका भित्र रहेका साविकका मन्थली, भटौली, चिसापानी, सुनारपानी, कठजोर लगायतका गाविसमा खानेपानीको हाहाकार छ ।

त्यस्तै हालको रामेछाप नगरपालीका अन्तरगतका साविकका रामेछाप, सुकाजोर, ओख्रेनी गाविसमा पनि खानेपानीका साना मुहानहरु सुकेपछि पानीको समस्या छ ।

त्यस्तै रामपुर, हिमगंगा, साँघुटार, पकरबास, भिरपानी, मझुवा, राकाथुम लगायतका गासिमा पनि खानेपानीको समस्या छ ।