काठमाडौं, ५ कात्तिक । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला जिल्ला नेता र कार्यकर्ताहरूको भेटघाटका लागि शनिबारदेखि पाल्पासहितका जिल्ला प्रस्थान गर्दैछन् ।
कात्तिक ६ गते शनिबार पाल्पा जान लागेका डा.कोइराला कात्तिक १० गते रुपन्देहीको सैनामैना रामपुर पुग्ने कार्यक्रम छ । एकसाताको राजनीतिक कार्यक्रम बनाएका डा.कोइरालाले जिल्लाका नेता तथा कार्यकर्ताको समस्यालाई निकास दिने प्रयास गर्ने बताइएको छ ।
गुटको राजनीतिलाई विरोध गर्दै आएका डा.कोइरालाले आफ्नो राजनीतिक आधार बलियो बनाउन प्रत्येक महिना विभिन्न जिल्ला जाने गरेका छन् ।
१३औँ महाधिवेशनमा लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका डा.कोइरालाले गुटको राजनीतिको विरोध गरेकै कारण धेरै मत पाएको कार्यकर्ताहरूको भनाइ छ ।
कात्तिक ६ गते शनिबार डा.कोइराला काठमाडौंबाट सिधै भैरहवा पुगेपछि पाल्पा जाने कार्यक्रम रहेको डा.कोइरालाका सहयोग दिनेचन्द्र थपलियाले जानकारी दिए ।
कात्तिक ७ गते तम्घास, कात्तिक ८ गते सन्धिखर्क, कात्तिक ९ गते गोरूसिंगे, र कात्तिक १० गते सैनामैना रामापुरमा कार्यक्रम सकेर काठमाडौं फिर्ता हुनेछन् ।












प्रतिक्रिया