काठमाडौं, ५ कात्तिक । युवा संघ नेपालले पछिल्लो समय नेपालीका लागि भारतीय राजदूत रणजित रायले पदीय मर्यादाको कुनै हेक्का नराखी आफ्नो गतिविधीहरू सञ्चालन गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका प्रवक्ता प्रभात कटुवालले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर देशको राजनीतिक र प्रशासनिक गतिविधिहरूमा राजदूत जस्तो व्यक्तिले आफ्नो पदीय मर्यादा र भूमिका भुल्नु उचित नहुने बताएका छन् ।
‘यसरी नेपालको आन्तरिक मामलामा भइरहेको अनावश्यक हस्तक्षेप वा गतिविधी जाजय छैन’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अवाञ्छित गतिविधी नगर्न राजदूत रणजित रायलाई आग्रह गर्दछौं ।’
नेपालको सार्वभौम सत्ताको ख्याल नगरी कतिपय अवाञ्छित गतिविधी देखिएको संघको भनाइ छ । ‘यहाँको सानातिना राजनीतिक घटनाक्रम र सरकार सञ्चालनका क्रियाकलापमा समेत अनावश्यक चासो र हस्तक्षेप भएकोप्रति युवा संघ नेपाल आपत्ति जनाउँद छ’, प्रवक्ता कटवालले बताएका छन् ।
उनले राजदूत रायका गतिविधी कुटनीतिक मर्यादा विपरित भइरहेमा आफूहरू चुपलागेर नबस्ने चेतावनी समेत दिएका छन् ।
लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगलाई निस्तेज पार्न भन्दै भारतीय राजदूत रायले सक्रियता देखाएपछि युवा संघ नेपालले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।












प्रतिक्रिया