१२ कार्तिक २०८३, बिहिबार

एमाले लोकमानसँग रिसाएका कारण यस्तो भयो : गृहमन्त्री निधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimlendra-Nidhi_281256586काठमाडौं, ५ कात्तिक । माओवादीका सांसद महाअभियोगको प्रस्तावक छन् । तर, प्रधानमन्त्रीसँग कुरा गरेपछि म ढुक्क छु, उहाँलाई त्यो विषयमा थाहा थिएन ।

बरु मलाई जानकारी के छ भने, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको घरमा केही समयअघि लोकमान र एमालेको नेताबीच भेट भएको हो ।

अख्तियारले आफ्ना नेताहरू मात्रै खेदेको भन्दै एमालेका नेताहरूले गुनासो गरेका थिए । अब माओवादी र कांग्रेसका केही नेतालाई पनि पत्र काट्न उनीहरूले अख्तियार प्रमुखलाई अनुरोध गरेका थिए । तर, एमालेले सोचेजस्तो भूमिका अख्तियार प्रमुखले पूरा गर्न सकेनन् ।

त्यसैले एमाले रिसाएर यो योजना बनाएको हो । त्यसमा प्रधानमन्त्रीको दलका केही नेता पनि सहभागी छन् । नयाँ पत्रिका दैनिकले कांग्रेस बैठकमा गृहमन्त्री निधले बेलेको कुरा छापेको छ ।