१२ कार्तिक २०८३, बिहिबार

ओलीले दिए आफ्ना सांसदहरूलाई यस्तो निर्देशन, महाअभियोग आइतबार पेस हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौं, ५ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावको छलफल ‘विशेष’ कारणले स्थगित भएको छ ।

महाअभियोग प्रस्ताव कसरी अघि बढाउने भन्नेबारे प्रमुख दलबीच एउटै धारणा बनाउन छलफलको कार्यसूची आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

सभामुख ओनसरी घर्तीले बिहीबार बिहान शीर्ष नेताहरूसँग छलफल गर्नुभएपछि दलहरूको आग्रहअनुसार बैठक तीन दिनका लागि स्थगित गरेकी हुन ।

प्रधानमन्त्री र कांग्रेस सभापतिबीच बिहीबार बिहान भएको छलफलपछि सदन स्थगित गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले नै आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको आग्रहपछि बैठक स्थगित भएको जानकारी सभामुख घर्तीले राजनीतिक दलका प्रमुख सचेतकहरूलाई दिएकी दिइन ।

‘शीर्ष नेतासँगको छलफलपछि प्रस्तावमा एकमत बनाएर अघि बढ्न एक, दुई दिन दलबीच छलफल आवश्यक भएको भन्दै बैठक स्थगित गरिएको सभामुखले जानकारी गराउनुभयो’, एमाले सचेतक गोकुल घर्तीले भने ।

माओवादी केन्द्रको प्रस्तावमा र एमालेको समर्थनमा महाअभियोगको सूचना दर्ता भए पनि दुवै दलबीच पनि पर्याप्त गृहकार्य भएको छैन ।

माओवादी केन्द्रले बिहीबारै संसदीय दलको बैठकमा छलफल गरेको छ । एमालेले दर्ता भएको प्रस्तावलाई अघि बढाउने निर्णय गरेको छ ।

उसले काठमाडौंबाहिर रहेका आफ्ना सांसदहरूलाई पनि काठमाडौं फर्कन ह्वीप जारी गरेको छ ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको स्पष्ट धारणा आएको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेतासँगको छलफलमा सकरात्मक कुरा गरे पनि औपचारिक निर्णय भएको छैन ।