१९ कार्तिक २०८३, बिहिबार

चीनका मन्त्री झाङसहितको टोलीद्वारा भक्तपुर अवलोकन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-nepal-flag-1000x0भक्तपुर, ४ कात्तिक । नेपाल भ्रमणमा रहनुभएका चीनका उद्योग वाणिज्य मन्त्री झाङ माओसहितको पाँचजनाको चिनियाँ टोलीले आज भक्तपुरको अवलोकन गरेको छ ।

चिनियाँ मन्त्री झाङको टोलीले भक्तपुर नगरपालिकास्थित दरबार स्क्वायर, पोटरी स्क्वायर, पाँचतले मन्दिरलगायतका विश्व सम्पदा सूचीमा रहेका सम्पदाको अवलोकन गरेको हो ।

भूकम्पले भत्काएका यहाँका ऐतिहासिक एवम् पुरातात्विक सम्पदाको अवलोकनमा मन्त्री झाङले भूकम्पले पु¥याएको क्षति र पुनःनिर्माणका बारेमा चासो राख्नुभएको थियो ।

यहाँको सम्पदाको अवलोकनपछि उहाँ नगरकोट पुगेर पर्यटकीय क्षेत्रको समेत अवलोकन गर्नुभएको थियो । रासस