१९ कार्तिक २०८३, बिहिबार

लोकमान सिंहलाई केही हुँदैन भन्दै समर्थनमा खुलेर आए अध्यक्ष ठाकुर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bikash-thakurकाठमाडौं, ४ कात्तिक । हिन्दू युवा जनशक्ति संघ नेपालका अध्यक्ष विकास ठाकुरले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर माओवादी केन्द्र र एमालेले ठूलो भूल गरेको टिप्पणी गरेका छन् ।

कार्कीविरुद्धको महाभियोगसम्बन्ध प्रस्तावका विषयमा दैनिक नेपाललाई प्रतिक्रिया दिँदै अध्यक्ष ठाकुरले भने, ‘लोकमान सिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव कुनै पनि हालतमा पारित हुँदैन । लेखेर राख्नुस् यदि पारित भयो भने अहिलेको गठबन्धन भत्किन्छ ।’

लोकमान सिंह कार्की ठूलै शक्तिको आडमा अख्तियार प्रमुख बनेको दाबी गरेका ठाकुरले भने, ‘लोकमान सिंह कार्की पनि चानचुने खेलाडी होइनन् । केही शक्तिले उनलाई बोकेको छ । त्यो शक्ति लोकमानलाई बचाउन खुलेर लागि सकेको छ ।’

नेपाली कांग्रेसभित्रै बहुमत सांसदहरू र पदाधिकारीहरू लोकमान सिंहको पक्षमो रहेको संघका अध्यक्ष ठाकुरको दाबी छ । लोकमान सिंहका कारण भ्रष्टाचारहरूको मुटुले ठाउँ छाडेको उनको भनाइ छ ।

‘माओवादी शिविरभित्रको भ्रष्टाचार छानविन गर्न खोज्दा यति ठूलो बबण्डर हुन्छ भने कसरी लोकमान सिंहले काम गर्ने’, उनले भने, ‘बिदेशीको डलर खाएर अघाएकाहरूको षड्यन्त्रमा यहाँ खेल भइरहेको छ ।’

उनले कांग्रेसले महाभियोगको बिपक्षमा जान सक्ने आफूले संकेत पाएको दाबी गरेका छन् । ‘लोकमान सिंहको मुद्दा अदालतमा विचारधीन रहेको भन्दै कांग्रेसले महाभियोगको विपक्षमा उत्रन्छ’, संघका अध्यक्ष ठाकुरको दाबी थियो ।