१२ कार्तिक २०८३, बिहिबार

यी हुन् कार्यालय नै नगई तलब सुविधा लिनेहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_civil_servantsकाठमाडौं, ४ कात्तिक । ट्रेड युनियनका नाममा दलीय राजनीतिमा आबद्ध २० जना भन्दा बढी कर्मचारीले वर्षोंदेखि बिनाहाजिर कार्यालय नै नगई तलब सुविधा लिँदै आएका छन् ।

राजनीतिक पहुँचको दुरुपयोग गर्दै आधिकारिक ट्रेड युनियनको निर्वाचन भएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

दलसँग सम्बद्ध कर्मचारी ट्रेड युनियनका नेताले कार्यालय नगई नियमित तलब भत्ता र सुविधा लिएका हुन् ।

दलैपिच्छे कर्मचारी ट्रेड युनियन निर्वाचन हुँदा कर्मचारीतन्त्रमा भ्रष्टचार र अनशासनहीनता बढको भन्दै सरकारले गत जेठमा निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन गराए पनि निर्वाचनसँगै अवैध बनेका दलसँग सम्बद्ध ट्रेड युनियनका नेताले कामै नगरी तलब लिएका हुन ।

कर्मचारी ट्रेड युनियनलाई सुविधाको नाउँमा सरकारले ०६५ सालमा पुष्पकमल दाहालकै नेतृत्वको सरकारले एउटा ट्रेड युनियनको पाँच जनासम्म कर्मचारी काम र हाजिर नगरी तलब र सुविधा पाउने निर्णय गरेको थियो ।

निर्वाचन भएपछि दलसँग सम्बद्ध ट्रेड युनियन खारेज हुनुपर्नेमा उल्टो यो सुविधासमेत उपभोग गर्दै आएका छन् ।