रामेछाप, ३ कात्तिक । जिल्ला सदरमुकाम मन्थलीमा निर्माण गरिएको रिङरोड पिच नगरी सञ्चालनमा ल्याएपछि स्थानीयहरु हिलो र धुलोको शिकार भएका छन् ।
सदरमुकाम मन्थलीको देवकोटा चोकदेखि प्रहरी कार्यालय हुँदै वसपार्कसम्म सञ्चालन गरिएको रिङरोड पिच नहुँदा स्थानीयलाई समस्या भएको हो ।
सदरमुकाम मन्थली बजारमा सवारी चाप बढेपछि मन्थली नगरपालिकाले देवकोटा चोकदेखि बसपार्कसम्म एकतर्फी मात्र सवारी सञ्चालन गर्ने भनी रिङ्रोड सञ्चालनमा ल्याएको हो ।
१० वर्ष अघिनै निर्माण भए पनि सञ्चालनमा नआई अलपत्र अवस्थामा रहेको रिङरोड सञ्चालनमा आएपछि मन्थली बजारको तल्लो क्षेत्रका स्थानीयहरु खुसी भएका थिए ।
सडक सञ्चालनमा आएपछि जग्गाको उपयोग तथा व्यापार व्यवसाय फस्टाउने भन्दै उनीहरु खुसी भएका हुन् । तर सडक पिच नगरी मन्थली बजार प्रवेश गर्ने सबै सवारी साधनहरु सो बाटो भएर गुड्न लागेपछि कच्चि सडकमा हिलो र धुलोले समस्या पारेको छ ।
पानी परेको बेलामा सडकमा सवारी साधनले छ्यापेको हिलो स्थानीयको घरभित्र पुग्दछ भने सुख्खा हुने वित्तिकै सडकमा उडेको धुलो सर्वसाधारणको वच्छ्यान र भान्सासम्म पुग्ने गर्दछ ।
नगरपालीकाको बजार क्षेत्रका सर्वसाधारणको स्वास्थ्यमा समेत यसले नराम्रो प्रभाव पार्ने गरेको स्थानीयको भनाई छ । सो सडकलाई छिटो पीच गरी यातायात सञ्चालन गर्नुपर्ने स्थानीयको माग रहेको छ ।
सडकलाई पिच गर्नको लागि नगरपालिकाले प्रयत्न गरी रहेको मन्थली नगपालीका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाले बताए । आपूmहरुले यसलाई प्राथमिकतामा राखि छलफल गरी रहेको उनले जानकारी दिए ।













प्रतिक्रिया