१ कार्तिक २०८३, शनिबार

​​बाल्टिमोरमा बानाको सडक महोत्सव सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bana-5– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरस्थित दि बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)को आयोजनामा गत अक्टोबर १६ तारिखमा भएको सडक महोत्सव हर्सौल्लास साथ सम्पन्न भएको छ ।

नेपालीहरुको महान चाड दशैँ तथा आउदै गरेको तिहारको अवसरमा सम्पन्न भएको दोश्रो सडक महोत्सव बिबिध कार्यक्रमको साथ समापन भएको हो ।

हरेक वर्ष नेपालीहरुको मुख्य चाड पर्व आफूले मात्र मनाउने गरेको तर हाम्रा संस्कृतिलाई अन्य समुदाय तथा संस्कृति बोकेका समुदायलाई समेत जानकारी गराउने उदेस्यले गरिएको आयोजकले बताएका छन् ।

यसको साथै नेपालीको पहिचानलाई कायम गर्ने समेत मुख्य ध्येयले सडक उत्सब गरिएको जानकारी दिएका छन् ।

कार्यक्रममा स्वास्थ्य शिबिर समेतको व्यवस्था गरिएको थियो भने नेपाली खानाको प्रदर्शन, झाकी, बिभिन्न जातजातिले आफ्नो भेष भूषा तथा पुरुषहरुले नेपाली दौरा सुरुवाल लगाएर आएका थिए ।

कार्यक्रम मा झाकी प्रदर्शन को साथै नेपालका मौलिक सांस्कृतिक नृत्य, लाखे नृत्य तथा अन्य बिशेष नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा झाकी, औपचारिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम तथा सडकमा नेपाली खाना तथा हस्तकलाका सामाग्रीहरु सजाएर राखिएका थिए ।

bana-14नेपाली समुदाय तथा बिदेशीहरुले पनि बढो अभिरुचि पूर्वक सहभागिता भएको देख्न्थ्यो ।

बाना का सभापति कुल मणि आचार्यले बिशेष जानकारी गराउदै बाल्टिमोर नजदिक रहेको टाउसन विश्वबिद्यालय संग बानाको सिफारिसमा उक्त विश्व बिद्यालय मा छात्रवृतिको सिफारिस गर्न पाउने बिषयमा समझौता भएको बताए ।

यसको साथै उक्त विश्व बिद्यालयमा अध्ययन गर्न बानाले आफैले सौजन्य गर्न सक्ने पनि रहेको बताए ।

टाउसन विश्वबिद्यालयले सडक महोत्सवमा आफ्नो प्रचार प्रसार समेत गर्न प्रदर्सनी कक्ष राखेको थियो ।

अध्यक्ष आचार्यले बाल्टिमोर काउन्टी तथा शहरबाट आउने प्रतिनिधिहरुले स्थानीय विकासको लागि नेपाली समुदायको महत्वपूर्ण भूमिका रहेको तथा यस क्षेत्रमा नेपालीहरुको सामुदायिक केन्द्रको स्थापनाको लागी बाना संग मिलेर काम गरि रहेको बताएका छन् ।

औपचारिक कार्यक्रममा कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की महाबाणिज्यदूत प्रेम राजा महत, अमेरिकाको भ्रमणमा रहेका राप्रपा नेपालका सांसद सुशीलकुमार श्रेष्ठ, बिदेशी अतिथि, सयुक्त राष्ट्र संघको यूवा सम्मेलनकी युवा अध्यक्ष जोली अमात्य लगायत केहि अन्य नेपाली समुदायका केहि व्यक्तिहरुले शुभकामना दिनुको साथै मन्तब्य राखेका थिए ।