१९ कार्तिक २०८३, बिहिबार

कोहलपुरमा मिनी ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

बाँके, २ कात्तिक । बाँकेको कोहलपुर– ३ मदनचोकमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनी ट्रकले मंगलबार बिहान ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ५८ वर्षीया सीतादेबी पोख्रेल र उनकी २ वर्षीया नातिनी प्रशंसा पन्त रहेका छन् ।

मिनी ट्रकको ठक्करबाट सीतादेबीको घटनास्थलमै र बालिकाको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

ठक्कर दिने मिनीट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।