अर्घाखाँची, २ कात्तिक । हिन्दू धर्म विरोधी पुस्तक बिक्री वितरण गरेको आरोप लगाउँदै हिन्दु जागरण युवा संघ नेपाल जिल्ला कार्य समिति अर्घाखाँचीले रामपालका सयौँ पुस्तक नष्ट गरेको छ ।
जिल्लाको अर्घामा पूर्णिमाको दिन दसैँ विषेश कार्यक्रम चलिरहेको बेला हिन्दू धर्मको धार्मिक क्षेत्रमा अन्य धर्मको प्रचार गरिएको भन्दै ज्ञान गंगा नामक पुस्तक नष्ट गरिएको जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
हिन्दू संस्कार अन्तर्गत विभिन्न कार्यक्रम हुने अर्घाखाँची जिल्लाको प्रसिद्ध अर्घा भगवती मन्दिर परिसरमा अन्य धर्मको प्रचार गर्न नपाइने भन्दै युवाहरुले अब उप्रान्त मन्दिरहरुमा यस्ता गतिविधि नगर्न चेतावनी समेत दिएका छन ।













प्रतिक्रिया