१ कार्तिक २०८३, शनिबार

युएइबाट मनकामना मन्दिर निर्माणार्थ १ लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

14677976_1443573735671367_2113309765_o– चिरन न्यौपाने

युएइ (दुबई) । धर्म संस्कृतिको जगेर्नामा हामी प्रभासीको पहल भन्ने मूल नारालाई आत्मासाथ गर्दै युएइमा कार्यरत नेपालीहरुले गाउको मनकामना मन्दिर निर्माणका लागि पहिलो किस्ता सोरुप रु १ लाख सहयोग गरेका छन् ।

सो रकम बुटवल उपमाहानगरपालिका वार्ड न ९, दीपनगरस्थित मनकामना मन्दिर निर्माणका निमित्त सहयोग गरिएको हो ।

युएइमा रहेर विभिन्न नेपाली संघ संस्थामार्फत समाज सेवामा तल्लिन गीतामणि पाण्डेको संयोजकत्तोमा कृष्णप्रसाद पाण्डे, चिरन न्यौपाने, माया पाण्डे लगायतको मन्दिर निर्माण सहयोग संकलन समिति गठन गरी युएइमा कार्यरत नेपाली, ब्याबसायी, समाजसेवीहरुसंग उक्त रकम संकलन गरिएको थियो ।

पहिलो किस्ता सोरुप रु १ लाख रकम सेप्टेम्बर १६, शुक्रबारका दिन दुबईमा रहेको अल आहालिया मनि ट्रान्सफर एल एल सि (रिसिप्ट न ००४१६१०१६००१३९) मार्फत हिमालयन बैंकको बुटवल साखामा रहेको मन्दिर निर्माण समितिकी सदस्य चेतना पाण्डेको खातामा पठाइएको छ ।