३० कार्तिक २०८३, सोमबार

‘क्रिशमस डे’मा तीस करोड जनावर मारिने गरेको खुलासा(सनसनीपूर्ण अन्तर्वार्ता)

9.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

muma-ram-khanal-1काठमाडौं, १ कात्तिक । राजनीतिक विश्लेषक एवम् नयाँ शक्ति नेपालका पूर्व नेता मुमाराम खनालले बलिप्रथाको विरोध गर्नेहरूले क्रिश्चियनहरूले मनाउने ‘क्रिशमश डे’का दिन अमेरिकामा ३० करोड पशुको बध हुने गरेको दाबी गरेका छन् ।

सगरमाथा टेलिभिजनसँग पत्रकार जीवराज भण्डारीसँगको अन्तर्वार्ताका क्रममा खनालले ‘क्रिमश डे’का दिन ३० करोड जनावरको बध गर्नेहरूले नेपालमा बलिप्रथाको विरोध गर्नुको कुर्न अर्थ नरहेको बताए ।

उनले बलिप्रथाको बाबुराम भट्टराई र रामेश्वर खनालहरूले विरोध गर्दा क्रिश्चियनहरूका ‘क्रिशमश डे’का दिन कति पशुको बध गर्छन् त्यसलाई ध्यान दिनुपर्ने बताए ।

हिन्दूधर्मालम्बीले दसैँमा बलि दिने परम्परा र बलिप्रथाको सीमित व्यक्तिहरूले विरोध गरेपछि त्यसमा साथ दिँदै बाबुराम भट्टराई र रामेश्वर खनालले फेसबुक र ट्वीटरमार्फत बलिप्रथाको विरोध गरेका थिए । भट्टराई र खनालको पनि हिन्दूधर्मालम्बीहरूले कडा आलोचना पनि गरेका थिए ।