१९ कार्तिक २०८३, बिहिबार

विद्यार्थीले समयमा नयाँ पुस्तक पाउँने छन् : शिक्षामन्त्री पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhaniram-poudelचितवन, १ कात्तिक । शिक्षामन्त्री धनीराम पौडेल यस वर्ष विद्यार्थीले समयमा नयाँ पुस्तक पढ्न पाउने दावी गरेका छन् ।

‘गत वर्ष जस्तो यस वर्ष समस्या केही छैन्’, उनले भने, ‘किताब रंगीन बनाउने भन्दा अलि कति ढिलो भएको हो, पुस्तक समयमा नै पाउछन् ।’

प्रेस सेन्टर नेपाल चितवन शाखाद्वारा सोमबार भरतपुर विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले किताब छाप्ने निर्णय केही दिनमा हुने बताए । उनले निजी क्षेत्र र जनक शिक्षाले किताब दु्रत गतिमा छाप्ने बताए ।

त्रिभुवन विश्व विद्यालय र कृषि तथा वन विद्यालयको विवाद कसरी मलाउँदै हुनुहुन्छ भन्ने प्रश्नमा मन्त्री पौडेलले कार्यदलले दिएको रिपोर्टपछि यसै महिनाभित्र टुङ्गो लाग्ने बताए ।