३० कार्तिक २०८३, सोमबार

दसैँ सक्किएको अर्को दिन ‘विप्लव’ माओवादीका नेता पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hari-krishna-ghimireकाठमाडौं, ३० असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओमादी) का सिन्धुली जिल्लाका जनसरकार प्रमुख हरिकृष्ण घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

दसैँ सक्किएको अर्को दिन आइतबार बिहान करिव ८ बजे प्रहरीले घिमिरेलाई आफ्नै घरबाट पक्राउ गरेको हो । घिमिरे सिन्धुलीका सचिवालय सदस्य पनि हुन् ।

नेकपा (माओमादी)का सिन्धुली जिल्ला सेक्रेटरी राजु कार्कीले घिमिरेलाई पक्राउ गर्नुको कारण आफूलाई थाहा नभएको बताए ।

‘घरमा सुतिरहेका हरिकृष्ण घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ’, उनले भने, ‘घिमिरेलाई विना सर्त रिहाई नगरे कडा संघर्षमा जान बाध्यत हुने छौँ ।’