१ कार्तिक २०८३, शनिबार

अस्ट्रेलियन सांसदद्वरा नेपाली समुदायलाई दसैंं टीका प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paribhasa-with-dr-soniaजिलोङ (अस्ट्रेलिया) । अस्ट्रेलियाको जिलोङ नेप्लिज एसोशियशनले सांसद क्रिस्चिन कोजेन्सको प्रमुख आतिथ्यतामा भब्यताका साथ दसैंं कार्यक्रम मनाइएको छ ।

कार्यक्रममा सांसद कोजेन्सले आफूले पनि दसैंंको टीका ग्रहण गरिन भने बिभिन्न ब्यक्तिहरुलाई टीका लगाइदिइन । कार्यक्रममा उपस्थित बिभिन्न देशका सहभागीहरुले पनि दसैंंको टीका ग्रहण गरे ।

कार्यक्रमका प्रमुख अतिथि सांसद कोजेन्सले आफू संधै नेपाली समुदायसंग नजिक रहेर काम गर्न इच्छुक रहेको बताउँदै दसैंंको शुभकामना दिइन ।

शुभकामना मन्तब्य ब्यक्त गर्नेहरुमा एनआरएन भिक्टोरियाका संयोजक एबं एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष केशब कंडेल, साउथ अस्ट्रेलियन कम्युनिटी लिंक ग्रुपका महासचिब डा सोनिया सिंह, अजी एक्सन अब्रोडका प्रबन्ध निर्देशक ग्राहेम केण्ट, बेटर कम्युनिटी कन्सल्टिङका प्रबन्ध निर्देशक ब्राड क्लार्क, मिस श्रीलंकाका आयोजक समितिका सदस्य एबं मिस्टर एबं मिस नेपाल अस्ट्रेलिया २०१६ का एक जज साभ पेरेरा, फ्रेण्डस अफ टिम ज्याकका स्टेभ रिचार्ड, बारवोन हेड्स कम्युनिटीका बर्नाड नेप्थाइन र सन्तोष पराजुली थिए ।

mp-giving-tika-to-presidentकार्यक्रममा ग्रेटर जिलोङ काउन्सिलका सामुदायिक बिकास अधिकृत भिमा मुनियापाह, प्रबासी नेपाली मन्च भिक्टोरियाका अध्यक्ष कृष्ण न्यौपाने, जनसंपर्क समिती भिक्टोरिया भिक्टोरियाका अध्यक्ष गौतम लामिछाने, मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाह, मिस्टर नेपाल अस्ट्रेलिया २०१४ अनुपमध्वज किरण आदिको उपस्थिति थियो ।

कार्यक्रममा रेखा श्रेष्ठ, बीना भण्डारी कुँवर, मोहन चैसिंह चैसिर, मोक्षदा सापकोटा, रुबी न्यौपाने, परिभाषा श्रेष्ठ र श्रेस्टी श्रेष्ठले नाच प्रस्तुत गर्नु भएको थियो भने सम्भब भट्टराईले गीत गाउनु भएको थियो ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रममा सहभागीहरु, स्वयं सेवक, तीज कार्यक्रम मूल आयोजक समितिका सदस्यहरु, तीज कार्यक्रमका स्पोन्सर ग्रेस इण्टरनेशनल र गत भूकम्प पीडितको लागि सहयोग गर्नेहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।