१ कार्तिक २०८३, शनिबार

जीबा लामिछानेद्वारा पण्डितलाई नगद सहित सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

weerकाठमाडौं । अस्ट्रेलिया महादेशको सर्वाधिक अग्लो शिखर कोजियस्को तथा अफ्रिका महादेशको किलिमन्जारो हिमाल उल्टो हिडेर कीर्तिमान कायम गरेका विश्व पर्वतारोही संजय पण्डितलार्इ एनआरएनका पूर्व अध्यक्ष एवम् समाजसेबी जीबा लामिछिनेले सम्मान गरेका छन् ।

होटेल सांग्रिलामा भएको कार्यकममा नेपाललार्इ पर्वतारोहणको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन उल्लेखनीय भूमिका खेलेकाले पण्डितलाई नगद पचास हजार सहित सम्मान गरिएको हो ।

पण्डितले सगरमाथाका साथै प्राण घातक हिमाल भनेर चिनिने मनास्लु, आइस्ल्लेंड पिक, यूरोपको एल्ब्रुस, तन्ज़िनियाको मेरु लगायत हिमश्रीङ्खलाको आरोहण सम्पन्न गरिसकेका छन् ।

लामिछानेले पण्डितलाई व्यक्तिगत रुपमा सानो सहयोग गरेको भन्दै आगामी दिनमा एनआरएनका तर्फबाट सहयोगका लागि सक्दो सहयोग गर्ने बताए ।

उनले यो वर्षको अन्त्यसम्म अन्टारटिकाको उच्च शिखरको आरोहणको तयारीमा छन् । पण्डित हिमाल उल्टो हिडेर आरोहण गर्ने एक मात्र व्यक्ति हुन् ।