१ कार्तिक २०८३, शनिबार

जनसम्पर्क समिति जर्मनीको अध्यक्षमा खड्का चयन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shikhar-khadkaजर्मनी । नेपाली जनसम्पर्क समिति जर्मनीको सभापतिमा शिखर खड्का चयन भएका छन् । खड्काको कार्यकाल तीन वर्षको हुनेछ ।

समितिको तेश्रो अधिवेशनमा दुई दाबेदार विजय मोक्तान र खड्काबीच नेतृत्व आलोपालो लिने भद्र सहमति भएको थियो । मोक्तानले नेतृत्व हस्तान्तरण गरेपछि खड्काले जिम्मेवारी लिएका हुन् ।

बडा दसैंको शुभकामाना आदान प्रदान र नेतृत्व हस्तान्तरण कार्यक्रममा निवर्तमान सभापति मोक्तानले आफ्नो कार्यकालको प्रगति विवरण सुनाएका थिए ।

उनले जर्मनीले दिएको सन्देशले नेपाली जनसम्पर्क समितिको एकतालाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

नवनिर्वाचित सभापति खड्काले सहमति र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।