१९ कार्तिक २०८३, बिहिबार

स्थानीय र प्रादेशिक निर्वाचन तत्कालैः कांग्रेस महामन्त्री कोइराला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sasaanka-koirala– मोहन पौडेल

नवलपरासी, २८ असोज । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले स्थानीय र प्रादेशिक निर्वाचन तत्कालै गराउनुपर्ने बताउनुभएको छ ।

निर्वाचनका लागि कुनै एक मात्र पार्टीले चाहेर नहुने भन्दै एमालेसहित मधेशी मोर्चालाई समेत सहमतिमा ल्याएर निर्वाचन गराउनुपर्ने बताउनुभएको हो ।

नेपाली कांग्रेस कावासोती नगर समितिले  दशैं, दिपावली र छठको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन नवलपरासी आउनुभएका कोईरालाले नेपाल प्रेस युनियन नवलपरासीले कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्वाचन नभएसम्म संघीयता र संविधान दुबै कार्यान्वयन नहुने भन्दै यसका लागि सबै दल एकै स्थानमा उभिनुपर्नेमा जोड दिनुभयो ।

निर्वाचनमा जादा जित हार स्वभाविक हुने भएकाले सबै दल हारजितको राजनीति भन्दा बाहिर आएर निर्वाचनका लागि सरकारलाई सहयोग गर्न कोइरालाले आग्रह गर्नुभयो ।

एक अर्को प्रसङगमा नेता कोईरालाले भारत र पाकिस्तानको सम्बन्धमा समान धारणा रहेको बताउनुभयो ।

कोईरालाले आजै नेपाली काग्रेस कावासोती नगर समितीको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी भित्रको तिक्तता त्यागेर संगठन निमार्णका लागि लाग्न कार्यकर्ता लाई निर्देशन समेत दिनुभएको छ ।

महामन्त्री डा. कोइरालाले आजै नेपाली काग्रेंस कावासोती नगर समितिले  दशैं,दिपावली र छठ को अबसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै काग्रेंसका लोकतन्त्र संस्थागत भएन भने मुलुक अफठयारो परिस्थिति तर्फ धकेलिने भएकाले कार्यकर्तालाई संयम भएर लाग्न अनुरोध गर्नुभयो ।

सो अवसरमा  नेपाली कागं्रेसका केन्द्रिय सदस्यहरु, गोबिन्द भटट्राई,बद्री पाण्डे ,  देबेन्द्रराज कण्डेल, गुरुराज घिमिरे, सांसद बिक्रम खनाल, पूर्ब केन्द्रीय सदस्य कृण्णचन्द्र नेपाली,पुर्ब सांसद महेन्द्र ध्वज जीसी ,जिल्ला सभापति बिण्णु लामिछाने लगायतका बक्ताले कागं्रेसलाई एक ढिक्का भएर लैजानुपर्ने बिचार राख्नुभएको थियो  ।