३० कार्तिक २०८३, सोमबार

एमालेको चियापानको कसरी हुँदैछ तयारी ? ओली आफैले पाहुनाको स्वागत गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-chiyapanकाठमाडौं, २८ असोज । प्रमुख विपक्षी दल नेकपा एमालेले नेपालीहरुको साँस्कृतिक चाड–वाड बडा दशैं, तिहार, नयाँ वर्ष नेपाल सम्बत् ११३७, छठ, उधौली, इदलगायतका अवसरमा भोलि शनिबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम राखेको छ ।

एमालेका तर्फबाट अध्यक्ष के.पी. ओलीले भोलि शनिबार असोज २९ गते काठमाडौंको शंखपार्कमा पार्टीका कार्यकर्ता, नेता तथा शुभेच्छुकहरूका लागि चियापान कार्यक्रम राख्नु भएको हो ।

कार्यक्रमका लागि राष्ट्रपति, उप–राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुख, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, सांसदहरु, विभिन्न राजनीतिक पार्टीका नेता, मुख्यसचिवसहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, विभिन्न आयोग, समिति, संस्थान, बैंक तथा वित्तिय क्षेत्रका प्रमुख, अध्यक्ष तथा महा–प्रबन्धक, सुरक्षा निकायका अधिकारी, पूर्वप्रशासकहरु, लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व, नागरिक समाजका अगुवा, सहिद परिवार, उद्योगी–व्यवसायी, कलाकार, सञ्चारकर्मी, खेलाडी, विभिन्न पेशागत संघ/संस्थाका अगुवा तथा सबै पेसाकर्मीलगायत पार्टी कार्यकर्ताहरुलाई निमन्त्रणा कार्ड पठाइसकिएको सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी नेपालस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुका साथै कुटनीतिक क्षेत्रका व्यक्तित्वहरुलाई पनि निमन्त्रणा पठाइसकिएको भट्टराईले बताउनुभयो ।

चियापान कार्यक्रम नेकपा (एमाले) केन्द्रीय कार्यालय धुम्बारहीसँगै रहेको शंखपार्कमा मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रमलाई व्यवस्थित गर्न स्वयंसेवक परिचालन गरिने एमालेले जनाएको छ ।