३० कार्तिक २०८३, सोमबार

श्रीमतीको हातबाट दशैंको टीका-जमरा लगाएर अमेरिकामा नेपाली युवाले सुरु गरे नयाँ चलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakash-shrestha

– विजय थापा

वाशिंगटन डिसी, २७ असोज । हेर्दै जानु ,कलियुगमा के के सुन्न र के के देख्न पाइन्छ भन्ने आम नेपालीहरुले सुनेका छौँ । बिश्वमा अनेक कीर्तिमान कायम हुन्छ । नसुनिएको घटना घट्छ । सामाजिक बाधा, कलंक तथा अवरोध हट्दै जान्छ । मानिसले नै हटाउँदै जान्छन । हटाइन्छ र मन र मस्तिस्कले मानेन भने ईश्वर आए पनि त्यो भत्किन्छ ।

यस्तै रिति, मान्यता ,परम्परालाई लत्याउदै अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएका युवा तथा कलम बेतोड चलाउने नेपाल बागलुङ घर भएका प्रकाश श्रेष्ठले आफ्नी धर्मपत्नीको हातबाट टिका थापी उदाहरण बनेका छन् । सम्भवत यस्तो घटना पहिलो पनि हुन सक्छ ।

उनले पहिला पहिला आफूले आफ्नी जीवन संगिनीलाई टिका लगाउने गर्थे । यसपालि उनले निर्णय उल्टाए र श्रीमतीको हातबाट टीका लगाउने निष्कर्षमा पुगे । उनी यो कुरालाई गर्वका साथ लिन्छन् ।

‘दशैँमा मान्यजनहरुबाट टीका, जमरा लिएर आशिर्वाद लिने चलन छ । श्रीमानले श्रीमतीलाई टिका लगाएर आशिर्वाद दिने परम्परागत चलन हो । आजकल नारीहरु शिक्षा र चेतनाको कारण जागरुक भएर समाजमा रहेका कतिपय रुढीवादी परम्परागत मान्यताहरु परिवर्तन गर्न सफल भएका छन् । पतिको मृत्युपछि जिन्दगीभर शोकको चिन्ह र प्रतिविम्वहरु धारणा गरेर समाजमा बाँच्नुपर्ने परिस्थितिको क्रमश ः अन्त्य हुने मोडमा समाज रुपान्तरित हुँदैछ । त्यसैले मैले श्रीमतीको हातबाट टीका लगाएँ ।’– उनले भने, ‘श्रीमतीको हातबाट टिका जमरा लगाएर आशिर्वाद लिँदा म निकै खुसी छु, मेरो श्रीमती त झनै खुसी ।’

श्रेष्ठले थपे– ‘भनिन्छ, नारी पुरुष रथका दुई पांग्रा हुन् । तर, विवाहित पुरुष सँधै उच्च स्थानमा र विवाहित नारी पुरुषको अधीनस्थ भइनै रहनुपर्ने मान्यता विद्यमानै छ । यो प्रयासले नारी–पुरुष दुवैको समान हैसियत र सामाजिक मान्यता छ भन्ने दर्शाउने विश्वास लिएको छु ।’

‘विवाह बन्धनमा बाँधिदा वर र वधुले आपसमा एकअर्कालाई टिका लगाइदिनहुने । तर त्यसपछि श्रीमानले मात्र श्रीमतीलाई टिका लगाईदिने ? श्रीमतीले पुजाआजा, व्रत बसेपछि पुजापाठ गरेपछि अक्षतासहितको पुजाको थाली दिने र श्रीमानले आफै टिका लगाउने चलन चल्दै आएको छ । ’– श्रेष्ठले प्रश्न गरेका छन् ।

संकुचित सोचबाट माथि उठ्न नसके समाज परिवर्तनको नारा केवल नारामै सीमित रहने श्रेष्ठ बताउँछन् । भन्छन् –‘त्यसैले परम्परागत धार्मिक मुल्य मान्यतामा केही व्यवहारिक रुपमा परिवर्तन आउनैपर्छ । अझै पनि विभिन्न धार्मिक विरोधाभासहरु समाजमा देखिन्छ । त्यसलाई समय सान्दर्भिक परिवर्तन गर्दै जानु आवश्यक छ ।’

अमेरिकामा यस्ता सामजिक बन्धन तोड्ने उनी दोस्रा नेपाली मुलका व्यक्ति हुन् । गत केही बर्षअघि अमेरिकाको न्यूजर्सीमा बसोबास गर्दै आएका संचारकर्मी तथा युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगरले महिला सामाजिक कार्यकर्ता तथा महिला अधिकारकर्मी बिष्णुमाया परियारसँग बिबाह गरेका थिए । उनले आफ्नो थर नै श्रीमतीको थर राखी भूकम्प ल्याइदिए । प्रशंसाको पात्र बने ।

तर, उनले आफ्नी पत्नीलाई समेत आश्चर्य बनाउने हेतुले अमेरिकामा बिबाह प्रमाण पत्र लिने कार्यालयमा आफ्नो प्रदिप थापा मगरबाट प्रदिप परियार थापा लेखी लाहा छाप लगाए ।