१९ कार्तिक २०८३, बिहिबार

मोटरसाइकल ठक्करले ८० बर्षका बृद्धको यस्तो मरण

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २७ असोज । कञ्चनपुरको पुनर्वास नगरपालिका–६ टाउनमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका ८० वर्षीय देवबहादुर थापाको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको छ ।

मङ्गलबार साँझ से ३ प ३५६५ नंको मोटरसाइकलको ठक्करबाट घाइते भएका पुनर्वास नगरपालिका–६ का ८० वर्षीय थापाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पैदलयात्रा गरिरहेका थापालाई ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको छ । ठक्कर दिने मोटरसाइकल र मोटरसाइकलमा पछाडि सवार एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।