
काठमाडौँ, २६ असोज । माओवादी केन्द्रबाट कृषि राज्यमन्त्री बनेकी राधिका तामाङलाई माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले तिखो व्यंग्य गरेका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य सचिन रोकाले सामाजिक सञ्जाल फेसबुकमार्फत राज्यमन्त्री तामाङलाई व्यंग्य गरेका छन् । युद्धकालमा माओवादीले हिन्दूधर्मका पुजारीको टुप्पी काटेको प्रसंग जोड्दै उनले लेखेका छन् – परिवर्तनको नमुनाः हिजो पुजारीको टुप्पी काट्ने, आज गाडी पूजा गर्ने !’
कृषि राज्यमन्त्री तामाङले महानवमीका दिनमा गाडी पूजा गरिरहेको फोटो फेसबुकमा सार्वजनिक भएपछि रोकाले फेसबुकबाटै जबाफ फर्काएका हुन् । रोका माओवादीको जनवर्गीय संगठन प्रेस सेन्टर नेपालका समेत केन्द्रीय उपाध्यक्ष हुन् ।
उनको फेसबुक स्टाटसमा विभिन्न व्यक्तिहरुले माओवादी मन्त्रीको विरोधाभाष पूर्ण कार्यको आलोचनात्मक टिप्पणी गरेका छन् ।












प्रतिक्रिया