३० आश्विन २०८३, शुक्रबार

प्रचण्डको उग्रवामपन्थी सोचले उनलाई नाश गराउँछ, देशको पनि नाश हुन्छ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-nepal-puspa-kamal

– मिनराज पण्डित

टीका नलगाउन उर्दी जारी गर्ने बाबुरामले आफै लगाए दशैंको टिका । उता प्रचण्ड भने कम्युनिष्टको कुनै धर्म हुँदैन भनेर दशैंमा टीका जमरा लगाउँदैनन् । जुन सरासर गलत हो । सोभियत रुढीवादी कम्युनिस्ट सिद्दान्त मानेर नेपालको धर्मलाई अपमान गर्न पाइन्छ ? सोभियत रुढीवादी सबै कुरा नेपालमा हुबहु लागू हुन सक्दैन र संसारका अरु देशमा पनि हुबहु लागू हुँदैन ।

कम्युनिष्ट हुँदैमा धर्म कर्म मान्न हुन्न भनेर मदन भण्डारीले कहिले पनि भन्नु भएको थिएन । नेपाली मौलिकता बोकेको जबज बिश्व कम्युनिस्ट आन्दोलनको उत्कृष्ट नमुना थियो । सशस्त्र युद्धबाट सत्ता कब्जा गर्ने रणनीति त्यागेर सम्पूर्ण कम्युनिस्टहरुलाई बहुदलीय प्रतिस्पर्धाको शान्तिपूर्ण बाटोमा आउने मार्गदर्शन देखाउने मदन भण्डारीलाई नोबेल पुरस्कार दिँदा पनि फरक पर्दैन । नत्र सयौँ देशमा युद्धबाट सत्ता कब्जा गर्ने लडाईं चलिरहेको हुन्थ्यो । लाखौँ मान्छेको ज्यान गइरहेको हुन्थ्यो । त्यसैले जबजले लाखौँ मान्छेलार्इ मर्न र मार्नबाट बचाएको छ । तर, दुर्भाग्य नोबेल पुरष्कार पाउनुपर्नेले मृत्यु पुरस्कार पाए । अनि जेल पुरष्कार पाउनु पर्नेहरुले मन्त्री र प्रधानमन्त्रीको पद पाए ।

धर्मकर्म मान्नु हुन्न भनेर कुनै कम्युनिस्ट नेताले भन्छ भने त्यो उसको निजी बिचार हो । सर्वोपरि सिद्दान्त होइन । माओको विचार पनि चीनमा हुबहु लागू छैन । समय अनुकुल परिमार्जन नहुने कम्यूनिष्ट आफू पनि नाश हुन्छन । र, अरुलाई पनि नाश गराउँछन् । एकातिर जातीय पहिचानको नारा दिने अर्कोतिर रितिरिवाज, धर्म, संस्कृति, भेषभुषा चाडपर्ब आदि हाम्रो पहिचान नै मेटाउने यो कस्तो खालको पहिचानको कुरा गर्न खोजिएको हो ?

कम्युनिष्ट शब्दको अर्थ समाजमा गरिबी थिचिमिचो र विभेद अन्त्य गरी समानता कायम गराउनु हो, कम्युनिष्टको मतलब धर्म र संस्कृतिको अन्त्य गर्नु कदापि होइन । धर्मकर्म मान्नु हुन्न भनेर कुनै कम्युनिस्ट नेताले भन्छ भने त्यो उसको निजी बिचार हो । सर्वोपरि सिद्दान्त होइन । माओको विचार पनि चीनमा हुबहु लागू छैन । समय अनुकुल परिमार्जन नहुने कम्यूनिष्ट आफू पनि नाश हुन्छन । र, अरुलाई पनि नाश गराउँछन् । एकातिर जातीय पहिचानको नारा दिने अर्कोतिर रितिरिवाज, धर्म, संस्कृति, भेषभुषा चाडपर्ब आदि हाम्रो पहिचान नै मेटाउने यो कस्तो खालको पहिचानको कुरा गर्न खोजिएको हो ? सबै देशका आफ्नै राष्ट्रिय चाडपर्ब हुन्छन् । अब नेपाल र नेपाली कम्युनिष्टले कुन दिनलाई राष्ट्रिय चाडपर्ब मान्ने त ? धर्मकर्म नमान्दैमा क्रान्त्रिकारी हुने भए संसारभरि कम्युनिष्ट ब्यबस्था मात्र आउँथ्यो । त्यसकारण धर्मकर्म र रितिरिवाज नमान्नेहरु कम्युनिस्ट होइनन्, उग्रवामपन्थी हुन् । तिनीहरु गलत सोचले कम्युनिस्ट व्यवस्थालाई नै गम्भीर संकटतर्फ धकेल्ने छ । पूर्ण रुपले पुँजीवादी बिचारधारा नबोके पनि पुँजीको बिकासबिना कम्युनिष्ट व्यवस्थाले देश र जनताको भलाइ गर्न सक्दैन । यही कुरालाई मनन गरेर आज चीन संसारको सबैभन्दा ठूलो अर्थत्रन्त्र बनेको छ । हामी भने पहिचानकै मुद्दामा अड्किएका छौँ, पहिचानकै मुद्दामा फसेका छौँ ।

पोहोर साल बाख्रापालन गरेर देशलाई मासुमा आत्मनिर्भर बनाउँछु भन्ने बाबुराम आज पशुबली दिनु राम्रो होइन भन्दैछन् । पशु मार्न नहुने भए किन गर्नुपर्यो त बाख्रापालन ? आफ्नो फाइदाका लागि १७ हजारको मानब बली चढाउनेले पशु बलीको कुरा गर्न सुहाउँछ र कमरेड ?

यदि दशैं मनाउन हुँदैन र टीका पनि लगाउनु हुँदैन भने बुद्धिस्टले ल्होसार पनि मान्नु भएन, मुस्लिमले इद पनि मान्नु भएन । अनि यसो गर्ने हो भने कसरी कायम हुन्छ त जातीय पहिचान ? कसरी हुन्छ धार्मिक पहिचान ? त्यसकारण यी सबैकुरा जनतालाई अलमलमा राखेर आफ्नो उद्देश्य पूरा गर्ने रणनीति मात्र हुन् । धर्मले वास्तवमा मान्छेलाई अपराध गर्नबाट बचाउँछ । किनकी धर्मको डरले मान्छेले अपराध गर्दैन । धर्मकर्मको डर नमान्नेलाई अपराध गर्न कुनै डर हुँदैन । हरेक धर्ममा सकारात्मक र रुढिवादी दुवै कुराहरु होलान । तत्कालिन अवस्थाको बेथिति अन्त्य गर्न धर्ममा बिभिन्न नियमहरु बनाइएका होलान, त्यसैले अहिलेको परिस्थितिमा ती नियमहरु हुबहु नमिल्लान । तर, यसको मतलब धर्मकर्म पूरै छोड्नु पर्छ भन्ने होइन । धर्ममा भएका सकारात्मक कुरालाई मान्दै जानुपर्छ र नकारात्मक कुराको सुधार गर्दै जानुपर्छ । प्रचण्डले आफ्नो बाउको किरिया समेत गरेनन् । आफ्नो संस्कार नमान्नेले मार्क्स र लेनिनको संस्कार चाँहि किन मान्ने ? नेताज्यूलार्इ मार्क्स, लेनिन र माओको सिद्दान्त र संस्कार ठीक लागे मान्नुहोस् तर जनतालाई ठीक लागेन भने किन मान्ने ? कि त भन्न सक्नुपर्यो नेपालीको उन्नत्ति र प्रगतिको बाधक हाम्रो धर्म नै हो भनेर । सक्नुहुन्छ त्यसो भन्न ? होइन भने धर्मकर्म मान्दा के घाटा छ ? प्रगतिको बाधक धर्मकर्म होइन, हाम्रा नेता र तिनले अपनाएको नीति हो । विवेक, इमान्दारिता र क्षमता हो । अनि कम्युनिष्ट सिद्दान्तको मर्म बुझ्न नसक्नु हो ।

पोहोर साल बाख्रापालन गरेर देशलाई मासुमा आत्मनिर्भर बनाउँछु भन्ने बाबुराम आज पशुबली दिनु राम्रो होइन भन्दैछन् । पशु मार्न नहुने भए किन गर्नुपर्यो त बाख्रापालन ? आफ्नो फाइदाका लागि १७ हजारको मानब बली चढाउनेले पशु बलीको कुरा गर्न सुहाउँछ र कमरेड ? त्यसकारण मिल्ने कुरा गरौ, कहिले के, कहिले के भनेर जनतालाई नअलमलाऊँ ।

जनयुद्धबाट सत्ता कब्जा गरेर प्रधानमन्त्री बन्न प्रचण्ड र बाबुरामलाई ७ जुनी लाग्ने थियो । र, पनि सम्भव थिएन तर संसदीय व्यवस्थामा आउनाले बाबुराम र प्रचण्ड प्रधानमन्त्री बन्न पाए । अझै पनि प्रचण्ड भन्दै छन् – माओवादीले संसदीय व्यवस्था स्वीकारेको छैन । उसो भए प्रधानमन्त्री पद किन स्वीकारेको त ? कस्तो अचम्म जुन डुंगा चढेर गन्तब्यमा पुग्यो अनि त्यही डुंगालाई नस्वीकार्ने ? अनि त्यस्ताले दशैँको टीका नस्विकार्नु कुन ठूलो कुरा भयो र ? हरेक धर्म र संस्कृतिभित्र देशको अस्तित्व गाँसिएको हुन्छ, त्यसैले धर्मकर्म र सस्कृति नमान्नु भनेको आफ्नै देश सक्ने खेलमा लाग्नु हो । प्रचण्डको सोचले उनलाई पनि नाश गर्छ, देशलाई पनि नाश गराउँछ ।