३० कार्तिक २०८३, सोमबार

यस्तो छ एमाले अध्यक्ष ओलीको दशैंको शुभकामना, ओलीले सर्वसाधारणलाई पनि टिका लगाइदिँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli 2

काठमाडौँ, २५ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बडादसैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै यस पर्वले संविधानले निर्धारित गरेको समयसीमामा संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै राजनीतिक शक्तिमा प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।

अध्यक्ष ओलीले आज दिनु भएको सन्देशमा बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालीबीचको एकता र सद्भावको निरन्तरता एवम् राष्ट्रिय एकताको लागि कामना पनि गर्नुभएको छ ।

यसैबीच, अध्यक्ष ओली विजया दशमीका दिन बालकोटस्थित निवासमा बिहान १० देखि १२ बजेसम्म परिवार र आफन्त तथा १२ देखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाउन व्यस्त रहनुहुने उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । रासस